नहोस् युवा शक्तिको दुरुपयोग

630 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

अमृता अर्याल

10262038_659532954143605_6600036659975039483_nयूवालाई व्यवहारीक लोकतन्त्र सिकाई दैन केवल लोकतन्त्र शब्दलाई खोक्तन्त्र र घोक्तन्त्र मात्र सिकाइन्छ । को सिकाउँछ हामीलाई यहाँ मानव अधिकार,स्वरोजगार ,संयम र हार्दिकता । आज यूवा शक्ती सम्मान विहिन वनेको छ । हालसालै नेपालको अवस्थालाई नियाल्ने हो भने धेरै यूवाहरु वेरोजगारी छन् । अहिले त काठ्माडौँको गल्लिमा जागीर दिने नाउँमा धरै विकृति भित्रिएको छ । यतिमात्र नभएर बाहीर बोर्ड चाँही एस्.एल््.सि पास गरेको विद्यार्थीलाई जागीर भनेर धेरै पैसा राख्दिने फर्म भर्न लगाउने संयौ वेरोजगार यूवाले फर्म भर्छन् । जागीर दिने भन्ने संस्थाले मजाले पैसा कमाउँछ । जागीर पक्का भयो कि भएन भनेर त्यस बोर्डमा लेखिएको नंबरमा डायल गर्दा , मोबाईलले भन्छ “माफ गर्नु होला तपाईले डायल गर्नु भएको नंबरमा अहिले सम्पर्क हुन सकेन केहि समय पछि पुन प्रयास गर्नु होला” केको केहि समय पछि पुन प्रयास गरेर लाग्छ र त्यो नंबरमा ५, ६ वर्ष सम्मै सम्पर्क गरिरहेनी लाग्दैन । फर्म भर्दा बोर्ड राखिएको ठाउँमा अफिस हुनु त परै जाओस् पहिला राखेको बोर्ड समेत हुँदैन । अनि युवाहरु जिल्ला राम नत जागीर नत पैसा बरु फर्म भर्ने पैसाले कलेज भर्ना गर्न त पाईन्थ्यो भनेर आफैँलाई धिकारेर बस्न बाध्य छन् । यो काठमाडौँ जस्तो ठुला धेरै सहरहरुको प्रतिनिधि घटना मात्र हो ।
अरु विकट जिल्लाहरुमा वा सुविधा सम्पन्नै जिल्लामा पनि आजकल भोलेन्ट्यर शब्द लोक प्रिय छ । भोलेन्ट्यरली रुपमा काम गर्दा धेरैको स्याबासी पाईन्छ । सबै जनाले भन्छन् ,‘आजको युवा भनेको त तिमि जस्तो हुनु पर्छ । तिमि त कस्तो ट्यालेन्ट मान्छे । मान्छे भनेको त यस्तो पो हुनु पर्छ’ । तर यी सब्दहरु आवश्यक नपरेका शब्दहरु हुन् । जब पेटमा मुसा कुद्न थाल्छ । आउने बाटाहरु शुन्य हुन थाल्छ आउनु पो कसरी अन्तत काम पनि त गरेको छैननी । बाध्य भएर आफ्नो श्रमको थोरै पैसा दिन आह्वान गर्दा व्यापारी , अफिसर जो सुकैको पनि उत्तर एउटै हुन्छ । अझ तिमिले धेरै सुर्धान बाँकी छ । हामी तिम्रो यो मागको विषयमा छल्फल् गरौँला । मान्छे आफैँमा पुर्ण हुँदैन आफुलाई विज्ञ बनाउनको लागी त यसै पनि धेरै कुराहरु सुर्धान बाँकि नै हुन्छ नि हैनर ? फेरी २, ३ महिना पछि मेरो विषयमा केहि छल्फल् भयो त भनेर सोध्दा फेरी उत्तर आउछ ,“कुरा अगाडी बढ्दै छ राम्रो गर्दै जाउन” । पेटले मानेन राम्रो गर्ने हो वावालाई ऋण खोज्न लगाएर लेराएको पैसा पनि सकिसकेको हुन्छ । कोठामा भरेको लागी चामल छैन,नुन छैन तेल छैन केके छैनछैन भएको एउटा प्राण कहिले सम्म हो थाहा छैन अनि त्यो युवाले कसरी राम्रो गर्दै जान सक्छ ? यो एउटा युवाको मात्र समस्या हैन सम्पुर्ण युवाहरुको समस्या हो । आफुलाई बचाउने उपायहरु सोच्दा युवाहरु विकृति तर्फ लाग्ने संभावना धेरै हन्छ । केहि युवाहरुत आफुलाई मारेर पनि कुलतमा नलाग्लान् तर धेरै युवाहरु उपाय नभए पछि विकृतिमा लाग्छन् ।
युवा प्रथम कर्ता भएर पनि ओजेलमा परिराखेका छन् । यसमा यूवा आफैँ पनि सचेत हुन जरुरी छ । युवा भनेको वायू हो जसले वायूको गतीमा वगेर सम्पुर्णको प्राण बन्न सक्छ । तर जसरी प्रकृति विना वायूको अस्तित्व छैन त्यसरी नै युवाका अभिभावक वा युवालाई सकारात्मकता तिर डो¥याउनेहरु विना युवाको अस्तित्व छैन । जसबाट पनि छर्लङगै छकी निर्णायक तहका मान्छेहरु वा युवालाई गाईड गर्नेहरुले युवालाई सहि दिसा तर्फ लैजानु आजको आवश्यकता हो । हरेक क्षेत्रमा यूवाको भविष्य भन्दा पनि स्वार्थको लागी प्रयोग गरीएको छ । कुनै पार्टीलाई समर्थन गरेर कार्यक्रम गर्दा यसो कहिले काहीँ चिया खर्च पनि पाईन्छ । तर एक कप चिया खर्चले पछाडी हजारौँ कुराहरु निम्त्याउछन् । ‘त्यो कार्यक्रम त मेरो सहयोगमा भएको हो नि’ । एक कप चिया खर्च दिनेहरु नाक ठुलो बनाउछन् । विचरो कार्यक्रम गर्नेको दुख पिडा यतीकै लुकेर जान्छ । म एउटा प्रश्न गर्न चाहन्छु कि मेरो सहयोगमा कार्यक्रम भएको हो भन्न उचित होलाकी कार्यक्रम गर्नेले उहाँले पनि हाम्रो कार्यक्रममा सहयोग गर्नु भएको छ भनेको राम्रो होला ? नेपाली एउटा उखान छ , “अरुले तपाई भनोस् या नभनोस् आफैँ मपाई” पक्कै यस्तो प्रवृति ठिक होईन । त्यहाँ त यूवाको मेहनत छ । अरुको सहयोग पनि छ तर उहाँले हामीलाई सहयोग गर्नुृ भएको छ भनेर यूवा आफैंले भन्न पाउनु प¥यो । हरेक क्षेत्रमा मपाई पन छ । आफु भन्दा सानोलाई हेप्ने चेप्ने र दलाउने प्रवृति झन् बढ्दै गएको छ । त्यसैले

दिगदिगन्तमा फैलने एउटा आवाज बोकेर उठौँ,जुटौँ अनि बचाऔ यूवाको अस्तित्व । यूवा परिवर्तनको संवाहक हुन् । आजको देश निर्माण गर्ने भनेको यूवाले हो । देश संकटापन्न अवस्थामा ढलपल ढलपल गरेर उभिन थाल्यो भने यहाँ हजारौँ युवाहरु जुर्मुराएर उठ्छन् किनकि यूवाहरुको अस्तित्व शुन्यतामा आधारित छैन र शुन्यतामा गएर पनि बिलाउँदैन । कसैको निम्ति प्रयोग हुने हतियार पनि होइन युवा । यूवाको पाखुरीमा जोस्,जाँगर,बल र आँट छ तर विवशता त्यसलाई सकारात्मकता तिर परिचालन गर्न ज्ञान,सिप र दक्षताको आवश्यकता पर्छ । प्रतिस्प्रधात्मक बजारमा भिडाउन सक्ने बनाउनु सरकारको दायित्व हो । के गर्नु यस्तै यस्तै छ क्यारे यूवा निति । यस्तो लाग्छकी राष्ट्र सेवकको होइन भ्रष्ट सेवककोे भ¥याङ बनेका छौँ यूवा हामी नत्र किन हामीलाई टेकेर धेरै माथी पुगे हामी भने पेटको मुसा सम्म मार्न नसकेर व्यथा लुकाएर बाँच्नु परेको छ । एक फेर गम्भिर भएर सोचौँ समयमा केहि गर्न नसके पछि के हुन्छ ?
कलमले बोलेको कुराले अन्यायको पर्खाल भत्काउन सक्छ । त्यसैले युवा सँग कलम छ ,सेतो मैदानमा छरपष्ट विचारहरु पगाल्नु पर्छ । युवाकै विचारबाट अर्को युवाले नयाँ जोस् जाँगर र जीवन पाउन सक्छ । हो ! सिप सिक्ने बेला कुनै दलले युवालाई भरीया बनाउनु अवश्य राम्रो होइन । युवालाई लिलाम गरेर होईन इलाम गरेर बाँच्न दिनु पर्छ । तब मात्र युवा शक्तिको दुरुपयोग गर्न पाउँदैन कसैले । कृतिमताको खोल ओढ्नेहरु युवा माथी भ्रमको खेती गर्न सिपालु हुन्छन् । नयाँ भाँडोमा पुरानै वस्तु राख्ने होईन नयाँ चिज नै राख्न सिकेर नयाँ नेपाल निमार्णको नेतृत्व लिने लोक भावनाको सम्बोधन गर्ने युवालाई राष्ट्रले विषेश हेर्नु पर्ने भएतापनि हेर्न सकिराखेको अवस्था छैन । राजनितीक दल मात्र नभई युवालाई कमाई खाने भाँडो बनाउने सामाजिक संघसंस्था भनिएकाहरु पनि नभएका होईनन् त्यसैले कसैको दास, भरीया , दुत र हुलाकी हुन छोडी शान्ति शिक्षाको अनि नैतिक शिक्षा र रोजगारको आवाज उठाँउँदै अगाडी बढ्नु अहिलेको युवाहरुको आवश्यकता हो । युवालाई कसैको खोक्रो आवश्वासनको आवश्यकता छैन यहाँ अब । किनकी युवा कुनै वास्तविकतालाई पछाडि राखी कृतिमताको खोल ओढेर आफूलाई समाजवादी भन्नेहरुका निम्ति प्रयोग हुने भ¥याङ होइनांै । अनि फेरी पक्कै उच्च विचार र महत्वपुर्ण विवेकमाथि वलत्कार सहन सक्दैनांै । त्यसैले बेसी,गाऊ,पाखा,पर्वतबाट आवाज उठाँउँदै जागोै युवा । नविन ज्ञान दिनु भन्दा बढि आफ्नै पार्टीको झण्डा झोला र व्यानर बोकाउनेहरुलाई अब युवाले नया पाठ सिकाउनु पर्छ ।

ढोला–३,धादिङ