बेशाख महिना भरीमा जिल्लाका सबै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने

641 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷ पढाई शुुरु भएको एक महिना वित्नै लाग्दा यस बर्ष धादिङको ५० वटै गाविसहरुमा सबै कक्षाका पाठ्य पुस्तकहरु विद्यालयहरुमा पुगिसक्ने जिल्ला शिक्षा कार्यालयले वताएको छ । imagesजिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीका अनुसार े अघिल्लो बर्षमा धादिङ जिल्लाको केही विद्यालयहरुमा जेठको दोस्रो साता सम्म पाठ्य पुस्तक नपुगेकोले विद्यार्थीहरुलाई पठन पाठनमा निकै समस्या आएको थियो । धादिङ जिल्लामा सममै पाठ्यपुस्तक उपलब्ध हुनु पर्ने माग राख्र्दै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको संयोजकत्वमा पेशागत शिक्षक संघ संगठनका प्रतिनिधि, पुस्तक व्यवसायी र संचारकर्मीहरुको एक टोली केही दिन अघि जनक शिक्षा सामाग्री केन्द्रमा गएर दवाव दिएको थियो ।
नयाँ शैक्षिक शस्त्र सुरु भएसँग विद्यालयहरुमा नयाँ भर्ना कार्यक्रम यहि बैशाख १ देखि १४ गते सम्मको पहिलो चरणको विद्यालय भर्ना कार्यक्रम सुरु भएको थियो । पहिलो चरणको भर्ना अभियानबाट धादिङ जिल्लामा ३४ हजार बालबालिकाहरु विद्यालयमा भर्ना भई विद्यालय आइसकेको र यस बर्ष ९० हजार बालबालिकाहरु विद्यालयमा भर्ना गराउने लक्ष्य रहेको सुवेदीले बताउनु भयो । पहिलो चरणको विद्यालय भर्ना अभियान कार्यक्रमम अन्तर्गत धादिङमा यस बर्ष ९८ प्रतिशत बालबालिकहरु विद्यालय भर्ना भैसकेको भए पनि अझै २ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेका छन् । विद्यालय बाहिर रहेका २ प्रतिशत बालबालिकाहरुलाई निशुल्क पठन पाठन गराउने ब्यवस्था गर्ने, र भौतिक तथा शैक्षिक सामग्री वितरण जस्ता विभिन्न सेवा सुविधा प्रदान गरी बालबालिकाहरुलाई विद्यालयमा आउन सक्ने बातावरणको सिर्जना गराउने जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ ।