आंफुले अक्षर चिनेको बिद्यालयको नयां भवन निर्माणगर्न ५० हजार सहयोग

910 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कटुञ्जे- धादिङको कटुञ्जे गाविसमा रहेको महेन्द्रवाराही उच्च माविको भवन निर्माण सहयोगका लागि अमेरीकाको न्युयोर्कमा बस्दै आईरहेका शिवप्रसाद खनालले ५० हजार नगद प्रदान गर्नुभएको छ ।
download (1)धादिङको कटुञ्जे गाविस वडा नम्बर ८ घर भएका खनाल  अमेरीकामा बस्दै आईरहनुभएको छ । आंफुले अक्षर चिनेको बिद्यालयको नयां भवन निर्माण कार्य सम्पन्न गर्न बिद्यालयलाई ५० हजार नेपाली रुपैया नगद सहयोग गरेको खनालले वताउनुभएको छ । विहीवार बिद्यालयमा आयोजित एक कार्यक्रममा शिवप्रसादका पिता तोयानाथ खनालले छोराको सन्देश सुनाउंदै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रवहादुर गुरुङलाई नगद हस्तान्तरण गर्नुभएको थियो । बिद्यालयका शिक्षक झविश्वर ढकालका अनुसार खनाल परिवारले आगामी शैक्षिक सत्र देखि लागु हुने गरी सोही बिद्यालयको प्राथमिक ,निम्न माध्यमिक र माध्यमिक तहमा उत्कृष्ठ अंक ल्याउन सफल एक जनालाई क्रमश १० हजार,१५ हजार र २० हजार का दरले शैक्षिक प्रोत्साहन रकम दिने घोषणा गरेको बिद्यालयले जनाएको छ ।