स्रष्टा प्रतिष्ठान नेपालको आयोजनामा कविता प्रतियोगिता

715 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं–नेपाली भाषा साहित्यका उत्थानका लागि भन्दै स्रष्टा प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार आर.आर क्याम्पस काठमाण्डौंमा भएको कविता प्रतियोगीतामा लागि विशेष प्रथम राजु स्याङताङ्, द्वितिय जनक घिमिरे ,तृतीय नरेश रेग्मी र अभस्त यात्रले सान्त्वना स्थान हासील गर्न सफल हुनु भएको छ ।
प्रतियोगीताका प्रमुख अतिथी प्रा.डा. वर्तराज आचार्यले समग्र नेपाली भाषा साहित्यको बारेमा चर्चा परिचर्चा गर्दै स्रष्टा प्रतिष्ठानले महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै विषेश धन्यवाद ज्ञापन गर्न भयो । कार्यक्रममा संस्थाका सल्लाहकार भिक्टर प्रत्रधानले र समालोचक डि.पी. अर्यालले सिर्जना र यसको भविष्यको बारेमा प्रष्ट्याउँदै शुभकामना मन्तव्य दिनु भयो ।
कार्यक्रममा कवि तथा गजलकार बलराम दाहाल, कवि रमेश शुभेच्छु ,प्रा. प्रभा भट्टराई पशुपति पराजुली सालघारीले कार्यक्रमलाई सम्बोधन गर्दै कविता तथा गजल बाचन गर्नु भयो ।  आगामि दिनमा पनि यस्ता महत्वपुर्ण कार्यक्रम गर्ने र सातदिने कविता प्रशिक्षण कार्यक्रम गर्ने संस्थाकी अध्यक्ष अमृता अर्यालले बताउनु भयो ।