आइपीएलको उपाधि कोलकत्ता नाइट राइडर्सलाई

556 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ipl-kolkata-panjab

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएलको यस वर्षको उपाधि कोलकत्ता नाइट राइडर्सले हात पारेको छ । आइतबार राति भएको खेलमा किंग्स ११ पञ्जावलाई ३ विकेटले पराजित गर्दै कोलकत्ताले उपाधि हात पारेको हो ।

पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट मात्र गुमाएर १ सय ९९ रन जुटाउँदै कोलकत्तालाई २ सय ।नको लक्ष्य दिएको थियो ।

ipl-final2

सो लक्ष्य कोलकत्ताले ३ बल बाँकी छँदा पूरा गर्दै उपाधि रक्षा गरेको हो । कोलकत्ताले १९.३ ओभरमा ७ विकेट गुमाएर २ सय रन जोडेको हो ।

यी दुई टिम पहिलो सेमिफाइनलमा पनि आपसमा भिडेका थिए । सो खेलमा पनि कोलकत्त्ता विजयी हुँदै फइनलमा प्रवेश गरेको थियो । पञ्जाव भने दोस्रो सेमिफाइनलमा चेन्नईलाई पराजित गरेर फाइनल प्रवेश गर्दा कोलकत्ता र पञ्जावको फेरि भेट भएको हो ।

एजेन्सिको सहयोगमा