सिभिक डेभलपमेन्ट बैंक लि.को सिमित बैंकिङ्ग ईकाइ संचालनमा

550 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बैरेनी–धादिङ जिल्लामा केन्द्रीय कार्यालय भएको सिभिक डेभलपमेण्ट बैंकले विहीवार देखि बैरनी गा.बि.स., वडा नं.८ मा सीमित बैंकिङ्ग इकाई (ीष्mष्तभम द्यबलपष्लन इगतभितक) संचालनमा ल्याउने भएको छ । यस इकाई मार्पmत स्थानीय जनताहरुले बैकिङ्ग कारोवार अन्तर्गत निक्षेप संकलन, निक्षेप भुक्तानी, कर्जा सम्बन्धी कारोवार लगायत रेमिट्यान्स सेवा उपभोग गर्न सकिने बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले वताउनु भयो ।
logoयस बैंकको अधिकृत पूंजी रु.१० करोड, जारी पूंजी रु.५ करोड र चुक्ता पूंजी रु.४ करोड रहेको छ र निकट भविश्यमा नै ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूंजी रु.५ करोड पु¥याउने योजना रहेको पनि वज्राचार्यले जानकारी दिनुभयो ।  यस बैंकले २०७१ जेष्ठ २० गतेसम्म अपरिष्कृत बिवरण अनुसार रु.३४ करोड ६१ लाख निक्षेप संकलन र रु.३१ करोड २७ लाख कर्जा प्रवाह गरी रु.१ करोड ३७ हजार संचालन मुनाफा गरेको छ । “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ लघुवित्त कार्यक्रम सञ्चालन गरी १०५० भन्दा बढी महिलाहरुलाई बिना धितो कर्जा प्रदान गरी स्वरोजगार कार्यक्रममा मद्धत गरेको वताईएको छ ।
२०६६ श्रावण २९ गतेदेखि विधिवत रुपमा कार्यारम्भ भई हाल धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गबेसीको बीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा शाखा कार्यालय संचालनमा रहेको छ । यसको अतिरिक्त सल्यानटार, आदमघाट र धादिङ्गबेसीको पुच्छारबजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको बैकले जनाएको छ । यसैगरी सांधभन्ज्याङ्ग, टोडके, खहरे, बैरनी, आदमघाट र धादिङ्गबेसीमा लघुवित्त कार्यक्रम संचालनमा रहेको छ । यस बैंकको कार्यक्षेत्र धादिङ्ग जिल्लामा मात्र रहेकोले धादिङ्ग जिल्लाको एक नगरपालिका र ४६  वटै गा.बि.स.हरुमा बैंकको सेवा बिस्तार गर्ने सन्दर्भमा नेपाल राष्ट्र्र बैंकको एकीकृत निर्देशिका नं. १४ को बँुदा नं. ८ बमोजिम नेपाल राष्ट्र्र बैंकको स्वीकृति लिई सीमित बैंकिङ्ग इकाइ संचालनमा ल्याईएको वज्राचार्यले जानकारी दिनुभयो ।