उपत्याका व्यापी अन्तर क्याम्पस कविता प्रतियोगिता आयोजना हुने

106 पटक पढिएको

प्रकाशित मिति: २३ जेष्ठ २०७१, शुक्रबार ०६:५१

सम्पादक: Dhadingnews.com

 

 

काठमाण्डौं–आदिकवि भानुभक्त आचार्य द्विशत वार्षिक समारोहको अवसर पारेर स्रष्टा प्रतिष्ठान–नेपालले उपत्याका व्यापी अन्तर क्याम्पस खुला कविता प्रतियोगिता गर्ने भएको छ । भानु प्रतिष्ठानको सहकार्यमा हुने उक्त प्रतियोगितामा उपत्याकाको प्रत्येक क्याम्पसबाट प्राप्त कविता मध्ये २÷२ वटा कविता छनोट गरी कविता वाचन गराइने छ ।
imagesस्रष्टा प्रतिष्ठान–नेपालकी अध्यक्ष अमृता अर्यालका अनुसार कविता प्रतियोगिता असार २१ गते गरिने छ भने सहभागीहरुले असार १५ गते भित्र आर.आर.क्याम्पसको नेपाली विभागमा आफ्नो रचना बुझाइसक्नु पर्ने छ । प्रतियोगितामा पुरस्कृत हुने सहभागीहरुलाई पदक तथा पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ साथै कविता वाचनका निम्ति छनोट हुने प्रतिनिधीहरुलाई भानु प्रतिष्ठानले भानु सम्बन्धि सामाग्री हौसला स्वरुप प्रदान गर्ने स्रोतले जनाएको छ ।
यस अघि पनि थुप्रै रचनात्मक कार्यक्रमहरु गरिसकेको स्रष्टा प्रतिष्ठानले असार १ गतेबाट उपत्यका व्यापी छन्द कविता प्रशिक्षण पनि
गर्ने जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२३ जेष्ठ २०७१, शुक्रबार ०६:५१ मा प्रकाशित

समाचार

सबै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

Categories