सामाजिक सञ्जालका कुरा !

605 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 बिष्णु सामरी
bishnuपहिले पहिले नयाँ नयाँ खबर,ताजा समाचार थाहा पाउन पर्‍यो भने कि त रेडियो नेपाल सुन्न पर्थ्यो कि त गोरखा पत्र पढ्न पर्थ्यो त्यसैले आजभोलि पनि जुनसुकै पत्रीका होस हाम्रा बा आमाहरु गोर्खापत्र भनेर पत्रीकालाई सम्बोधन गर्छन्। अब समाचार थाहा पाउन रेडियो सुन्न पत्रीका हेरिरहनु पर्ने अवस्था रहेन आजकाल सामान्य घट्ना देखी दर्दनाक घट्ना सम्म छिन भरमै सामाजिक सञ्जालका भित्ताहरुमा पोतिएका हुन्छन शायद सामाजिक सञ्जाल बाट अहिलेको बौद्दिक बर्ग देखी सामान्य लेखपढ गर्न सक्ने ब्यक्ती कोही टाढा छैन। देशभित्रै रहेका हुन अथवा कामको शिलशिलामा बिदेशिएका इस्टमित्र,साथीभाइ जोसुकै कोही टाढा छैनन प्राबिधिको बिकासले मानिसलाई धेरै नजिक बनाइदिएको छ।
         देशमा घटेका सामान्य देखी राजनैतीक घट्नाक्रम हरु अहिले फेसबुकका भित्ता र टुईटरका ह्याण्डिलहरुमा बहस हुन थालेका छन केही हप्ता अघिमात्रै  नेपाल प्रहरिका एसएसपि रमेश खरेल र नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री बामदेब गौतम बिचको रस्साकस्सिले फेसबुकका भित्ता  र टुईटरका ह्याण्डिलहरु रङ्गिएका थिए कत्तिले गृह मन्त्रिलाई गाली गरे कत्तिले रमेश खरेललाई भाषण नगर्न आग्रह गरे गृह मन्त्री बिरुद्द फेसबुकमा गाली गरेको भन्दै गृह मन्त्रालय अन्तर्गत एकजना प्रशासकिय अधिक्रित पक्राउ पनि परे त्यो घट्नाले झन सामाजिक सञ्जाल हरुमा थप बहस हरु चर्किएका  थिए  सत्य तथ्य के हो नबुझी एक्कासी फेसबुकका भित्ताहरु रङ्ग्याउदा साइबर अपराधको अभियोगमा कठघरामा परीने सन्देश प्रशासकिय अधिक्रित पक्राउले दिएको थियो । माया प्रेम देखी राजनैतीक घट्नाक्रमका बिषयमा आफ्नो मनमा लागेका कुरा निर्धक्क साथ प्रसारण गर्न मिल्ने भएकोले सबैले आ आफ्नो मनमा लागेका कुरा प्रकट गर्दछन । यसरी आफ्न मनमा उब्जेका बिषय बस्तुहरु सामाजिक सञ्जाल हरुमा राख्दा सबैको मान मर्यादा ख्याल गर्न  जरुरी छ जो सुकै किन नहोस् गृह मन्त्रिले गल्ती गरे उनले पनि जानी नजानी गरेको गल्ति स्विकार्नु पर्दछ अब सामान्य घट्ना क्रम लुकाएर लुक्ने अवस्था छैन समाज खुल्ला भईसकेको छ सञ्चार मिडिया भन्दा सोसल मिडिया प्रभाबकारी बनेको छ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा संयमता अपनाउन जरुरी छ ।