पोखरामा काव्य उत्सव

633 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 माधव अधिकारी

काठमाण्डौ, २५ जेठ

पोख्ररेली युवा सांस्कृतिक परिवारको आयोजनामा आईतबार पोखरामा दुईदिने काव्य उत्सव सम्पन्न भएको छ ।

10443914_10201967527890727_673337721_n उत्सवमा नेपाल र भारतका साहित्यकारले कविता वाचन गर्नुका साथै कविताको रचना प्रक्रियाबारे छलफल गरेका छन् । ‘नेपाली कविता हिजो र आज’ विषयक काव्य सम्वादमा सांस्कृितविद् तुलसी दिवसले कुनै एक लेखक सबै समयका लागि मानक नहुने बताउँदै अरुभन्दा माथि उठेर नयाँ पुस्तामा जानुपर्ने बताए । कवि विक्रम सुब्बाले लेखनमा राजनीतिको प्रभाव हुने धारणा राखे । साहित्यकार मनप्रसाद सुब्बाले नश्लचेतना र सीमान्तीकृत वर्गका आवाज लेख्नुपर्ने आवश्यकता औँल्याए । विप्लव ढकालले युवापुस्ताका कविहरुले पाठकसँग सीधा सम्पर्क गर्ने हुनाले उनीहरुका कविता आम मान्छेको जीवनसँग सम्बन्धित हुने बताए । “अबको नेपाली कविताले नेपालको मौलिक ज्ञान बोकेर उठ्नु पर्छ र त्यसलाई विश्व साहित्य समक्ष पु¥याउनु पर्छ”– समालोचक महेश पौड्यालले भने । कविताको रचन प्रक्रिया विषयक काव्य संवादमा कविहरु राजेन्द्र भण्डारी, तीर्थ श्रेष्ठ, श्यामल, सुलोचना मानन्धर र श्रवण मुकारुङले योजनाबद्ध तरिकाले कविता सृजना गर्नु नहुनेमा जोड दिए । कार्यक्रमको अध्यक्षता आयोजक संस्थाकी अध्यक्ष सरस्वती प्रतीक्षाले गरकी थिइन् ।