बालबालिकाले देखाए ‘एचआईभी’ सचेतना सडक नाटक

1169 पटक पढिएको

सम्पादक: Dhadingnews.com

माधव अधिकारी
काठमाण्डौ, २५ जेठ
Street Drama 'HIV'2मध्यबानेश्वरस्थित एपेक्स लाईफ स्कुलका विद्यार्थीले आईतबार राजधानीका तीन स्थानमा ‘एचआईभी’ नामक जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् । विद्यार्थीको संस्था एपेक्स लाईफ स्टुडेन्ट्स काउन्सिलले नयाँ बानेश्वर, गौशाला र भीमसेनगोलामा सडक नाटक देखाएको हो । नाटकमा एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरुको दयनीय जीवन चित्रण गरिएको छ । महिलामाथि हुने घरेलु हिंसा, रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता, लागुपदार्थ दुव्र्यसन लगायतका समस्या पनि समेटिएको थियो ।
स्टुडेन्ट्स काउन्सिलकी अध्यक्ष आश्रा न्यौपानेको लेखन र निर्देशन रहेको नाटकमा प्रदीप मगराती, कुसुुम शर्मा, े,सृष्टि श्रेष्ठ, मुस्कान मल्ल ,दीपिका बाँस्तोला, आश्रा न्यौपाने राज आचार्य, प्रश्रय अर्याल, विपिन अर्याल, खेमराज लामा, मनिष गौतम,दीपिन अर्याल र सृजन दाहालले अभिनय गरेका छन् । नाटकमा टंक संग्रौलाले संगीत दिएका थिए । एचआईभीबाट बच्न समुदायलाई सचेत पार्नु नाटकको उद्देश्य रहेको काउन्सिलले जनाएको छ ।