मारेको मृग र हतियारसहित नेविसंघका नेता बस्नेत पक्राउ

742 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ, २६ जेठ  – अबैध हतियारसहित सामुदायिक वन भित्र प्रवेश गरी मृग मारेको आरोपमा नेविसंघका केन्द्रीय सदस्य शुभराम बस्नेत सहित ६ जना  धादिङको थाक्रेवाट पक्राउ परेका छन ।

थांक्रे गाविसको वडा नम्बर ३ रानीवारीमा रहेको ठुलो सामुदायिक वन भित्र अबैध हतियारसहित प्रवेश गरेका बस्नेतको समूहले मृग मारेको जानकारी स्थानीयवाबासिन्दाले प्रहरीलाई दिएपछि घटनास्थल पुगेको प्रहरी र वन कार्यालयको टाेलीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका वन कार्यालय खानीखोला र महादेवबेसी प्रहरी चौकीको संयुक्त टोलीले सोमवार दिउँसो ३ बजेतिर वाग्लुङवाट काठमाडौं आउंदै गरेको ना २ च ४०५७ नम्वरको निजी कारसहित नियन्त्रणमा लिएको थियो ।

बस्नेतसँगै पक्राउ पर्नेहरुमा काठमाडौंका हरि भण्डारी, रोशन खडका, रमन राई, धनुषा ढल्केवरका चन्द्र गदारी, तनहूँ कडी ६ का मदन थापा छन् । उनीहरुको साथबाट मारिएको मृग १ का साथै टुटु म्याग्नम हतियार र म्यागेजिन समेत 

वरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस्नेत यसअघि पनि काठमाडौंमा हतियारसहित पक्राउ परेका थिए । शंकर देव क्याम्पसका स्ववियु सभापति समेत रहेका बस्नेतलाई रिहा गर्न माग गर्दै त्यति बेला नेविसंघले आन्दोलन नै गरेको थियो ।

उज्यालो अनलाईनवाट