तरकारीको भाउ बढ्यो

560 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, जेष्ठ २७ – गर्मीसँगै राजधानीमा तरकारीको मूल्य आकासिएको छ । तरकारी उत्पादन हुने जिल्लामा सुख्खा भएपछि त्यसको असर राजधानीमा परेको हो । व्यवसायीका अनुसार राजधानीमा तरकारी पर्याप्त मात्रमा आउन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक सातामा मात्रै अधिकांश तरकारीको मूल्य दोब्बर बढेको छ ।

साताअघि प्रतिकेजी ६७ रुपैयाँ (होलसेल) पर्ने ब्रोकाउली अहिले बढेर १ सय ३७ रुपैयाँ पुगेको छ । यस्तै, सानो/ठूलो गोलभेडा, आलु, बन्दा, भान्टा, मटरकोसा, घिउसिमी, तितेकरेला, लौका, परवर, हरियो प्याज, न्युरो, जागर, अदुवा, लसुन, धनियाँलगायत तरकारीको भाउ आकासिएको छ ।

साताअघि होलसेल भाउ प्रतिकेजी ७८ रुपैयाँ पर्ने मटरकोसा बढेर ९७ रुपैयाँ पुगेको छ । किलोको २१ रुपैयाँ पर्ने ठूलो गोलभेडा बढेर होलसेल मूल्य ३० रुपैयाँ पर्छ । ‘अफ सिजनसँगै गर्मीले उत्पादनमा धेरै समस्या भएको छ । उत्पादन आउन सकेको छैन,’ समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले भने, ‘जसले गर्दा राजधानीमा भाउ आकासिएको हो ।’ उनले जिल्लामा वषर्ा नहुन्जेल तरकारीको मूल्य बढ्न सक्ने अनुमान गरे । ‘पानी परेको भए कृषकलाई केही राहत हुन्थ्यो,’ उनले भने, ‘अहिले उत्पादन सीमित मात्रै छ । तर माग दैनिक बढ्दो छ ।’

होलसेल मूल्य प्रतिकिलो २५ रुपैयाँ पर्ने सेतो आलु बढेर ३० रुपैयाँ, किलोको ३१ रुपैयाँ पर्ने रातो आलु बढेर ३५ रुपैयाँमा कारोबार भएको छ । किलोको २४ रुपैयाँ पर्ने बन्दा अहिले २८ रुपैयाँ पुगेको समितिको तथ्यांकमा उल्लेख छ ।  गर्मीसँगै केही तरकारीको अफ सिजन पनि भएकाले समस्या भएको समितिको ठहर छ । ‘अहिले आलु र काउलीको अफ सिजन हो,’ उनले भने, ‘यसले पनि भाउ बढ्नमा केही सहयोग गरेको छ ।’ व्यवसायीका अनुसार सुख्खाले आलु उत्पादनमा करिब ५० प्रतिशत गिरावट भएको छ ।

साताअघि होलसेल भाउ प्रतिकिलो २९ रुपैयाँ पर्ने सुकेको प्याज बढेर ३३ रुपैयाँ पुगेको छ । किलोको १ सय ८६ रुपैयाँ पर्ने अदुवा बढेर होलसेल मूल्य २ सय १५ रुपैयाँ पर्छ । किलोको ४६ रुपैयाँ पर्ने हरियो प्याज बढेर ५० रुपैयाँ पुगेको छ । प्याज र अदुवा आयात हुने मुख्य बजार भारत हो । त्यही मूल्य आकासिएपछि त्यसको असर यहाँ पर्ने व्यवसायी बताउँछन् । समितिका अनुसार भारतबाट मात्रै करिब ९६ प्रतिशत प्याज र अदुवा आयात हुन्छ । भारतबाट मुख्य गरी प्याज, अदुवा, आलु, सिजनल तरकारी, माछा, फलफूल आयात गरिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा भारतबाट मात्रै करिब ४ अर्ब ८७ करोड  रुपैयाँको तरकारी आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०६९/७० को अघिल्लो ९ महिनामा ३ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो । समितिका अनुसार भारतबाट दैनिक ६० टन तरकारी तथा फलफूल आयात हुन्छ ।

एक साताअघि किलोको १७ रुपैयाँ पर्ने लामो भान्टा बढेर २५ रुपैयाँ पुगेको छ । किलोको ४० रुपैयाँ पर्ने घिउसिमी किन्न ४५ रुपैयाँ तिर्नुपर्छ । प्रतिकिलो २२ रुपैयाँ पर्ने तितेकरेला बढेर २५ रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो २८ रुपैयाँ पर्ने लौका बढेर ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ३९ रुपैयाँ पर्ने परवर अहिले किन्न ४५ रुपैयाँ तिर्नुपर्छ ।

यस्तै हरियो खुर्सानीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । एक साताअघि प्रतिकिलो ४० रुपैयाँ पर्ने हरियो खुसानर्र् िढेर ४५ रुपैयाँ पुगेको छ ।

किलोको १ सय ६३ रुपैयाँ पर्ने धनियाँ किन्न १ सय ९७ रुपैयाँ तिर्नुपर्छ । किलोको ६५ रुपैयाँ पर्ने सुकेको लसुनको मूल्य बढेर ६७ रुपैयाँ पुगेको तथ्यांकमा छ । समितिका अनुसार कालिमाटी तरकारी बजारमा दैनिक करिब ७ सय टन तरकारी भित्रिन्छ । कालिमाटी बजारमा मकवानपुर, चितवन, नवलपरासी, धादिङ, काभ्रे, सर्लाहीलगायत जिल्लाबाट तरकारी आउँछ इ कान्तिपुर डट कमले खबर लेखेको छ ।