महाधिवेशनमा दुई सय जना बराबर एक जना प्रतिनिधि गराउने एमालेको निर्णय

567 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, -नेकपा (एमाले)ले आगामी नवौँ राष्ट्रिय महाधिवेशनमा दुई सय जना बराबर एक जना प्रतिनिधिका दरले सहभागी गराउने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार दुई सय सदस्य बराबर एक जना प्रतिनिधिले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । एमालेले महिला, दलित, मजदुर र पिछडिएको क्षेत्रलगाायतको हकमा भने १ सय ५० जना बराबर १ प्रतिनिधि हुने व्यवस्था गरेको छ । UML-Logo-9-th-Congress

एमालेले अहिलेसम्म दुई लाख ५५ हजार सदस्यले पार्टी सदस्यता नवीकरण गरेको जनाएको छ । यसैबीच एमालेले नवौँ महाधिवेशनमा पेस हुने दस्तावेज अनुमोदन गरेको छ । बैठकमा पेस भएको सङ्गठनात्मक प्रतिवेदनलाई सुझावसहित अनुमोदन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । त्यसै गरी विधान संशोधन प्रस्तावमाथिको छलफल पनि सकिएको छ । प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदलका सदस्यहरूमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल तथा अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, प्रकाश ज्वाला, बेदुराम भुसाल र भीम रावल रहेका छन्