गजल-शेर्पीनी कान्छी “नीम”

750 पटक पढिएको

सम्पादक: Dhadingnews.com

neem

 

बोतल उही छ, बेमान शराब छ साथी,

रात पुरानै हो, नयाँ तनाव छ साथी ।।

मदहोस बनी छ्ल्कन्छ खुसी प्यालामा,
मात उस्तै नै खराब सोभाव छ साथी ।।

अतित सम्झें बेहाल वर्तमान भद्रगोल छ,
भविष्य लेख्दै गरेको किताब छ साथी ।।

मिठो लाग्छ पीडा काडालाइ बुज्न सके,
हावाको भरमा झर्ने गुलाब छ साथी ।।

पिए पछि किन रुन्छौ नसोध्नु है मलाई,
चोट पखाल्ने आँशुको बहाव छ साथी ।।


चरीकोट, दोलखा

हाल: इजरायल