बाल श्रम विरुद्ध विश्व दिवसमा अन्तक्र्रिया कार्यक्रम

1258 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-सामाजिक संरक्षण फैलाऔं बालश्रम विरुद्ध जुटौं भन्ने मुल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय बालश्रम सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम विहीवार धादिङबेसीमा सम्पन्न भएको छ । बाल श्रम विरुद्ध विश्व दिवसको स्मरण गर्ने, धादिङ जिल्लाको बालश्रमहरुको अबस्थाहरुको चित्रण गर्ने मुख्य उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला बाल कल्याण समिति धादिङको आयोजना र महिला तथा बालबालिका कार्यालय धादिङको सहकार्यमा संचालन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षता रहेको थियो । यसै गरी राजमार्ग क्षेत्रका होटलहरुमा १ सय भन्दा बढी बालबालिकाहरु होटलमा काम गरिरहेको र ४ जनालाई जिल्ला बालकल्याण समिति धादिङले उद्धार गरी सकेको जिल्ला बालकल्याण समिति धादिङका बाल अधिकृत हरी उप्रेतीले कार्यक्रममा जानकारी दिनु भयो । यसै गरी कार्यक्रममा बोल्ने बक्ताहरुले धादिङ जिल्लामा विभिन्न उघोग, कलकारखाना र होटलहरुमा काम गर्ने बालबालिकाहरुको तथ्याङक पत्ता लगाई छिटो सार्वजनिक गर्न र ति वालवालिकाको उचित व्यवस्थापनका लागि सम्बन्धीत निकायहरुलाई आग्रह समेत गरेका छन । कार्यक्रममा जिल्ला बाल कल्याण समिति धादिङका बाल अधिकृत हरी उप्रेतीले बाल श्रम भनेको के हो ?, यसको उद्धेश्यहरु, रणनीतिहरु प्रयास, सिमा ,उद्धार ऐनहरुको बारेमा सहभागिहरुलाई सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्ल, धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, जिल्ला होटल ब्याबसायी संघ धादिङका अध्यक्ष अशोक अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीका साथै विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

– See more at: http://dhadingkhabar.com/?p=824#sthash.WF2Vq0wE.dpuf