स्पेनको लज्जास्पद हार-नेदरल्याण्ड ५-१ ले विजयी

782 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

डिफेन्डिङ च्याम्पियन स्पेनललाई एक गोलले पछाडि रहेको स्थिति उल्टाएर नेदरल्याण्डले अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको मीठो बदला लिएको छ।

विश्वकप २०१४ को आफ्नो समूहको पहिलो लिग खेलमै आमने सामने नेदरल्यान्ड्सले शनिबार मध्यराती स्पेनलाई ५-१ गोल अन्तरमा पराजित गर्‍यो।

डिफेन्डिङ च्याम्पियन स्पेनका लागि यो भन्दा खराव सुरुआत अरु केही हुनै सक्दैन।

ब्राजिलको एरिना फोन्टे नोभामा भएको खेलमा एक गोलले पछाडि रहेर पनि डच टोलीले उत्कृष्ट जित रच्न सक्षम भएको हो।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेरदल्याण्डलाई हराउँदै उपाधि जितेको स्पेनका लागि अन्तर्राष्ट्रिय फुटबलमा यो सर्वाधिक खराब हार भएको छ।

अघिल्लो विश्वकपसँगै दुई संस्करणको युरोपेली कपको विजेता स्पेनलाई ब्राजिलमा समूह ‘बी’ को पहिलो गम्भीर हारले उसको उपाधि रक्षा अभियानमा ठूलो धक्का लागेको छ। अब स्पेनले दोस्रो चरण पुग्न निकै संघर्ष गर्नु पर्नेछ ।

जितले नेदरल्यान्ड्स भने आफ्नो समूहमा स्पस्ट ३ अंकसहित सुरुआती अग्रता लिन सफल भएको छ। चार वर्ष अगाडि पनि स्पेन आफ्नो पहिलो खेलमा भने पराजित रहेर पनि उपाधि जित्ने भाग्ममानी टोली भएको थियो। त्यति बेला स्पेन स्विट्जरल्यान्डसँग पराजित रहेर पनि उपाधि हात पारेको थियो।

यसपल्ट भने डच टिमविरुद्ध बेहोरेको लज्जास्पद हारले स्पेनलाई अगाडि बढ्न सजिलो हुने छैन्।

खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीमा ओलेन्सोले गरेको गोलले नेदरल्याण्डविरुद्धका खेलमा अग्रता लिएको स्पेनी टोलीको खुशी धेरै बेर टिक्न पाएन। पहिलो हाफ सकिन एक मिनेट मात्र बाँकी रहँदा  नेदरल्याण्डसका कप्तान रोबिन भान पर्सीले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई बराबरीको स्थितिमा ल्याए।

मध्यान्तरसम्म १-१ गोलको बराबरी रहेको खेलमा त्यसयता खेल एकपक्षीय जस्तै रह्यो र डच टिमले अविश्ववसनीय रूपमा पाँच गोल फर्काउन सक्यो ।

आरेन रोबिनले ५३ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलोपल्ट अग्रता दिलाए । स्टेफान डे भ्रिजले ६४ औं मिनेटमा तेस्रो गोल गरे । भान पर्सिले ७२ औं मिनेटमा चौथो गोल गरे भने रोबिनले ८० औं मिनेटमा फेरि अर्को गोल थपे सेतोपाटी डट कमले खबर लेखेको छ ।