मेक्सिकोद्वारा क्यामरुन पराजित

683 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जेठ ३१ – ब्राजिलमा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताको दोश्रो खेलमा मेक्सिको विजयी भएको छ । शुक्रबार राती भएको खेलमा मेक्सिकोले अफ्रिकी टिम क्यामनरुलाई १–० ले हरायो ।

मेक्सिकोलाई जिताउन खेलको एक मात्र गोल ओरिबे पेरेल्टाले खेलको ६१ औं मिनेटमा गरे ।

डी बक्सको मध्यभागबाट देब्रे खुट्टाले हानेको प्रहारलाई क्यामरुनका गोल किपरले ठम्याउन सकेनन् ।
मेक्सिको विरुद्धको खेलमा क्यामरुनलाई भाग्यले पनि साथ दिएन । क्यामरुनका चर्चित स्ट्राइकर स्यामुअल इटोको एउटा प्रहार पोलमा लागेर फर्किएको थियो ।

क्यामरुन विरुद्धको यो जित मेक्सिको टिमले विश्वकपमा पाएको कुनै पनि अफ्रिकी टिम विरुद्धको पहिलो जित हो । यो नतिजापछि मेक्सिको ब्राजिलसँग समान ३ अंक जोड्दै समूहको एको दोश्रो स्थानमा छ । यो समूहका क्यामरुन र क्रोएशियाको भने कुनै अंक छैन उज्यालो अनलाईनले खबर लेखेको छ ।