सेतीदेवी माविको उद्घाटन

1058 पटक पढिएको

सम्पादक: Dhadingnews.com


रानीवारी–सेतीदेवी मावि थाक्रे ३ रानीबारी धादिङको नव निर्मित १४ कोठे पक्कि भवन र कम्प्युटर ल्यावको शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाद्वारा उद्घाटन गरिएको छ ।

10455868_10202852713171292_1759462480213596661_nरुम टु रिड नेपाल, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति गाविस कार्यालय थाक्रे, बालविकास कार्यक्रम र स्थानीय जनश्रमदान तथा आर्थिक सहयोगमा निर्मित शौचालय सहितको भवनको कुल लागत ५० लाख रहेको विद्यालयका प्रधानाध्यापक राजकुमार रेग्मीले जानकारी दिए । कार्यक्रममा सचिव बास्कोटाले गाउँको विद्यालयले गरेको प्रगतिको प्रशंसा व्यक्त गर्दै सामाजिक कार्यमा जुटनेहरुले हरेश खान नहुने वताए । धादिङ जिल्लामा पर्यटन , र्याफ्टिङ, र जलश्रोतको विशेष सम्भावना रहेको भन्दै सचिव वास्कोटाले वुढिगण्डकी परियोजनालाइ सरकारले गम्भिरतापुर्वक अगाडि वढाएको जानकारी दिए ।
कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदिले जिल्लालाइ चाडैनै पहिलो साक्षरता जिल्ला घोषणा गर्ने जानकारी दिदै त्यसको लागि तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा ८ जना विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाइ सम्मान समेत गरिएको थियो भने विद्यालयलाइ आर्थिक एवम भौतिक सहयोग गर्ने सघंसस्था एवम व्यक्तिहरुलाइ पनि सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवि नेत्रराज पौडेल, सिड्स धादिङका अध्यक्ष गोकर्ण रुपाखेति, पत्रकार सरोज पौडेल लगायतले सम्वोधन गरेका थिए ।
शुक्रबारै प्रकाशित एसएलसी परिक्षामा सो विद्यालयले ८९ प्रतिशत अंक ल्याएको प्रअ रेग्मीले जानकारी दिए । २७ जना सहभागि भएका मध्ये १२ जना प्रथम श्रेणी र १२ जना द्वितीय श्रेणिमा उत्तिर्ण भएका छन् ।