कोलोराडोमा पुर्व नेपाल सुन्दरीको सम्मान संगै नेवारी फिल्म मायां प्रर्दशन

837 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका
कोलोराडोमा क्रियाशिल पांच संस्थाहरुले २०१३ मा नेपाल सुन्दरी हुन सफल कोलोराडो निवासी ईशानी श्रेष्ठलाई संयुक्त रुपमा सम्मान गरेका छन् ।
नेवा दःवु कोलोराडो सकृयतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्डस् अफ नेपाल, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो रहेका छन् ।
DSC09939 DSC09981यहि जुन २२ आईतबारका दिन बु्रमफिल्ड लाईब्रेरीमा आयोजना भएको कार्यक्रममा ईशानीलाई नेवारी धिमेबाजा बजाउंदै हल प्रवेस गराईएको थियो । त्यस पछि भएको सम्मान कार्यक्रममा नेवा दःवु कोलोराडोका अध्यक्ष भुषण श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गरेका थिए भने नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, रकिमाउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष शरद आचार्य, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभा र तमुधी कोलोराडोका अध्यक्ष रमेश गुरुङले खादा पहिराईदीई सम्मान गरेका थिए ।
सम्मानित ईशानीलाई आयोजक पाचै संस्थाका अध्यक्षहरुको हस्ताक्षर भएको सम्मान पत्र संयुक्तरुपमा प्रदान गरिएको थियो । सोही कार्यक्रममा ईशानी जस्ती सुन्दर र साहसिक छोरी जन्माउन सफल भएको भन्दै ईशानीका बाबु बिके श्रेष्ठ र आमा बीनुलाई पनि खादा पहिराइदिई सम्मान गरिएको थियो । समारोहमा नेपालीघरका अध्यक्षले ईशानीलाई आजिवन सदस्यताको प्रम्ाँण्ँपत्र हस्तान्तरण गरेका थिए ।
सम्मान पछिको मन्तब्यमा ईशानीले आफु प्रति कोलोराडोमा क्रियाशिल पांच सस्थाले गरेको भब्य स्वागत प्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिईन् । उनले देश बाहिर रहने सबैलाई कर्मथलोमा मात्र नरमी जन्मथलो नेपाललाई यथासक्य सहयोगगर्न आग्रह गरिन् । आफुले नेपालको जुम्ला, कन्चनपुर, चितवनको माडी जस्ता बिकट क्ष्ँेत्रहरुमा स्वास्थ्य सिवीर लिएर पुग्दा दांत माझ्ने मन्जन ब्रश हुन्छ भन्ने ज्ञान सम्म नभएको बाबु आमा, दाजु भाई, दिदी बहिनी धेरै फेला पारेको र उनीहरुलाई कहिले हामीहरुको स्थर सम्म लिएर आउन सकिन्छ भन्दै स्टेजमा भक्कान्निएकी थिईन् । उनले कार्यक्रममा जुम्लामा स्वास्थ्य सीवीर सन्चालनको भिडीयो क्लिप समेत प्रस्तुत गरेकी थिईन् ।
सम्मान कार्यक्रम अघि नेवा दःवु कोलोराडोका अध्यक्ष भुषण श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व प्रष्टयाए । उनले ईशानी मीस नेपालमात्र नभई नेपालको ईतिहासमै पहिलो पटक अन्तराष्ट्रिय बिश्व सुन्दरी प्रतियोगितामा पाचौं भएर नेपाल र नेपालीको शिर उच्च राख्न सकेकोमा गर्व गरे । उनले सम्मान कार्यक्रम पछि नेवारी फिल्म माया प्रर्दशन हुने र यसबाट नेवारी भाषा, संस्कृतीको संरक्षण र संम्र्वधनमा सहयोग पुर्याउने दाबी गरे । चौथो अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा छनौट हुन सफल फिल्म माया एक उच्च तथा धनी बर्गको केटा र तल्लो बर्गकी केटी बिचको प्रेम कथामा आधारित चलचित्र ज्यादै मार्मिक रहेको दर्शकहरुले प्रतिक्रया दिए ।
आगामी न्हूद“या भिन्तुना ११३५ प्रारम्भ हुने अक्टोबर २४ का दिन नेवार समुदायको बिच अत्यान्त लोक प्रिय म्ह पुजा कार्यक्रम आयोजन गर्न तथा बिश्वबाट हरेक बर्ष लोपहुदै गएको भाषाहरुको सुचीमा नेवारी भाषा पर्नबाट बचाउन, फिल्म प्रदर्शन गरिएको नेवा दःवुका मनोज तुलाधरले बताए ।
कार्यक्रममा अगामी अगष्ट २९ देखि कोलोराडोमा हुनलागेको नेपालीहरुको बृहत सम्मेलनमा भाग लिन सम्मेलन समितीका पब्लिक रिलेसन एण्ड मिडीया कोर्डिनेटर रमेश गुरुङले सबैलाई आग्रह गरे ।