छुट्टाछुट्टै दुर्घटनामा परि धादिङमा एकको मृत्यु एक घाईते

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१६ असार ः आईतवार वेलुकी पख भएको दुईवटा छुट्टाछुट्टै दुर्घटनामा परि धादिङ जिल्लामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन ।
धादिङको थाक्रे गाविस वडा नम्बर ३ महादेववेशीका ३५ बर्षिय देवेन्द्र मल्लको आईतवार सांझ करेन्ट लागेर ज्यान गएको हो । महादेववेसीका रामशरण थापाको घरमा ढलानको लागि प्लाष्टिक तान्दा विजुलीको तारसर्ट भई मल्ललाई करेन्ट लागेको थियो । करेन्ट लागेर वेहोस भएका मल्ललाई आईतवारनै उपचारकालागी शिव दर्शन अस्पताल धार्के लगिएकोमा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
उपचारका लागि अस्पताल लगिएको व्यक्तिको चि वाटोमै मृत्यु भएको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले लाशजाँच समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
त्यसैगरी काठमाण्डौबाट चितवन तर्फ जादै गरेको ना४ख ४९१८ नम्वरको रोकी राखेको ट्रकलाई सोही दिशाबाट आएको ना४ख २१६७ नं.को ट्रकले पछाडीवाट ठक्कर दिदा धादिङको.भुमेस्थान गाविस वडा नम्बर ६ बस्ने वर्ष ५० को साईला तामाङ्ग घाईते भएका छन । आईतवार राती १०.४५ वजे नौविसे गाविसको वडा नम्बर १ मा भएको सो दुर्घटनामा परि घाईते भएका तामाङलाई रातीनै उपचारको लागि काठमाण्डौ पठाईएको र उनको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा परेको दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको वताईएको छ ।