२७ वर्षसम्म पुर्जा पाएनन्

544 पटक पढिएको

सम्पादक: Dhadingnews.com

chepang-ghar_20140630100214धादिङ, असार १६ – ०४४ सालमा सुकुम्बासी चेपाङलाई वितरण गर्न किनेको जग्गा अझै पनि उनीहरूले पाउन सकेका छैनन् । भूमिहीन चेपाङका नाममा लालपुर्जा बनिसकेको भए पनि वितरण नहुँदा उनीहरू अन्योलमा छन् । ३४ चेपाङ दम्पतीको नाममा बनेको लालपुर्जा जिल्ला विकास समितिको स्टोर शाखामा थन्किएको छ । गजुरीमा ४० रोपनी, धुषामा ५६ र महादेवस्थानमा १ सय ८४ रोपनी जग्गा किनिएको छ । महादेवस्थान र धुषाको जग्गामा क्रमशः २३ र १० घरपरिवारले गृहस्थी गर्दै आएका छन् । गजुरीको ४० रोपनी जग्गामा भने उनीहरू बस्न पाएका छैनन् । चेपाङ उत्थानका लागि आर्थिक ०४५।०४६ देखि लगातार ४ वर्ष जिविसले ती स्थानमा जग्गा किनेको थियो । घरजग्गा नहुने चेपाङलाई समुदायमा स्थापित गराउन जग्गा किनेको चेपाङ संघ केन्द्रीय सदस्य तिलक चेपाङले जानकारी दिए ।

लामो समयसम्म जिविसको नाममा रहेको जग्गा २०६७ सालमा मन्त्रिपरिषदको बैठकले भूमिविहीन चेपाङलाई वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि चेपाङको नाममा लालपुर्जा बने पनि अझै वितरण हुन सकेको छैन । ‘कुन पार्टीको नेतालाई प्रमुख अतिथि बनाएर लालपुर्जा बाड्ने भनेर त्यति बेला सहमति हुन सकेन,’ तिलकले भने, ‘अहिले लालपुर्जा बाँड्ने कुरा सेलाएको छ ।’ जिविसको नाममा रहेको जग्गा २० वर्ष बिक्री वितरण गर्न नपाइने शर्तमा उनीहरूको नाममा पास भएको योजना अधिकृत जनकराज शर्माले जानकारी दिए । चेपाङ परिवारका श्रीमान्, श्रीमतीको नाममा संयुक्त पुर्जा बनाइएको हो ।

जग्गा किनेको लामो समय भइसकेकाले जिविसमा आउने नयाँ कर्मचारीसमेत यस विषयमा अनविज्ञ छन् । लालपुर्जा बनेको चार वर्षसम्म उनीहरूको नाममा वितरण हुन नसकेको हो । बनेका लालपुर्जा जिविसको स्टोर शाखामा रहेको शर्माले बताए । चेपाङको एकै ठाँउमा बस्ती बसालेर जीवन स्तरमा सुधार ल्याउन जग्गा खरिद भएको तिलकले बताए इ कान्तिपुर डट कममा समाचार छ ।  ।