अल्जेरियालाई हराउदै जर्मनी अन्तिम आठमा

619 पटक पढिएको

सम्पादक: Dhadingnews.com

create_thumb (1)काठमाडौ, असार १७ – आन्द्रे सर्ले र मेसुट ओजिलले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले अल्जेरियालाई अतिरिक्त समयमा २-१ ले हराएर मंगलबार विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

कमजोर अनुमान गरिएको अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध तीनपल्टको विश्वकप विजेता जर्मनी खेल नियन्त्रणमा राखेर पनि गोलका लागि निक्कै तड्पिनुपर्‍यो ।

निर्धारित ९० मिनेट गोलरहित टुंगिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो । यस्तोमा अग्रता लिने उसले ९२ औं मिनेट कुर्नुपर्‍यो । आन्द्रे सर्लेले ‘ब्याकहिल’मार्फत् आकर्षक गोल गर्दै जर्मनीको गोलको खाता खोले ।

अल्जेरियन फुल-ब्याक अइसा मन्डीले बाहिर फालेको बल नियन्त्रण गर्दै थोमस मुलरले विपक्षी डिफेन्सलाई छक्याउँदै पोष्टनजिक उपलब्ध गराएको बललाई सर्लेले गोलमा परिणत गर्दै जर्मनीलाई १-० ले अग्रता दिलाएका थिए । योसँगै उनले पछिल्ला ५ अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरे ।

मिडफिल्डर मेसुट ओजिलले १ सय १९ औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । ओजिलको पासमा सर्लेले प्रहार गरेको बल गोल लाइननजिकबाट अल्जेरियन डिफेन्डरले फर्काए । त्यही रिबाउन्ड बललाई ओजिलले पोष्टको बाटो दिदै जर्मनीलाई २-० को सुरक्षित स्थितिमा पुर्‍याएका थिए ।

अल्जेरियाका अब्देलमोउमेनले अन्तिम मिनेटमा गोल गरेर अन्तर २-१ मा झारेका थिए । तर, त्यो गोल सान्त्वनामै सीमित भयो र पहिलोपल्ट नकआउट चरण पुगेको अल्जेरिया अन्तिम १६ बाटै घर फर्किने निश्चित भयो । जर्मनीले सेमिफाइनल प्रवेशको लागि सन् १९९८ को च्याम्पियन फ्रान्सविरुद्ध खेल्नेछ ।

खेल दुई घन्टासम्म लम्बिएपनि बलमाथि पूरा नियन्त्रण जर्मनीको थियो । उसले ६७ प्रतिशत बल पोजेसन आफ्नोमा राख्यो । यो विश्वकपकै कीर्तिमान २८ पल्ट पोष्टमा आक्रमण गर्‍यो । तर, उसका आक्रमणको जालोमा अल्जेरियन डिफेन्स र गोलकिपर रेइज एम्बोल्ही बाधक रहे । लोभलाग्दा बचाव गरेका रेइज म्यान अफ दि म्याच पनि चुनिए ।

 

आन्द्रे सर्ले र मेसुट ओजिलले अतिरिक्त समयमा गोल गरेपछि जर्मनीले अल्जेरियालाई अतिरिक्त समयमा २-१ ले हराएर मंगलबार विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । कमजोर अनुमान गरिएको अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध तीनपल्टको विश्वकप विजेता जर्मनी खेल नियन्त्रणमा राखेर पनि गोलका लागि निक्कै तड्पिनुपर्‍यो । निर्धारित ९० मिनेट गोलरहित टुंगिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो । यस्तोमा अग्रता लिने उसले ९२ औं मिनेट कुर्नुपर्‍यो । आन्द्रे सर्लेले ‘ब्याकहिल’मार्फत् आकर्षक गोल गर्दै जर्मनीको गोलको खाता खोले ।अल्जेरियन फुल-ब्याक अइसा मन्डीले बाहिर फालेको बल नियन्त्रण गर्दै थोमस मुलरले विपक्षी डिफेन्सलाई छक्याउँदै पोष्टनजिक उपलब्ध गराएको बललाई सर्लेले गोलमा परिणत गर्दै जर्मनीलाई १-० ले अग्रता दिलाएका थिए । योसँगै उनले पछिल्ला ५ अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरे ।मिडफिल्डर मेसुट ओजिलले १ सय १९ औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । ओजिलको पासमा सर्लेले प्रहार गरेको बल गोल लाइननजिकबाट अल्जेरियन डिफेन्डरले फर्काए । त्यही रिबाउन्ड बललाई ओजिलले पोष्टको बाटो दिदै जर्मनीलाई २-० को सुरक्षित स्थितिमा पुर्‍याएका थिए ।

अल्जेरियाका अब्देलमोउमेनले अन्तिम मिनेटमा गोल गरेर अन्तर २-१ मा झारेका थिए । तर, त्यो गोल सान्त्वनामै सीमित भयो र पहिलोपल्ट नकआउट चरण पुगेको अल्जेरिया अन्तिम १६ बाटै घर फर्किने निश्चित भयो । जर्मनीले सेमिफाइनल प्रवेशको लागि सन् १९९८ को च्याम्पियन फ्रान्सविरुद्ध खेल्नेछ ।

खेल दुई घन्टासम्म लम्बिएपनि बलमाथि पूरा नियन्त्रण जर्मनीको थियो । उसले ६७ प्रतिशत बल पोजेसन आफ्नोमा राख्यो । यो विश्वकपकै कीर्तिमान २८ पल्ट पोष्टमा आक्रमण गर्‍यो । तर, उसका आक्रमणको जालोमा अल्जेरियन डिफेन्स र गोलकिपर रेइज एम्बोल्ही बाधक रहे । लोभलाग्दा बचाव गरेका रेइज म्यान अफ दि म्याच पनि चुनिए ।

-इ कान्तिपुर डट कमवाट