राजा पुनियानीको एकल कविता वचन

834 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Raja Puniani (1)काठमाडौ-भारतको सिलिगुडीका ख्यातिप्राप्त कवि राजा पुनियानी एकल कविता वाचनका लागि नेपाल आउँदैछन् । त्रिभूवन विश्वविद्यालय अङ्ग्रेजी विभाग अन्तर्गत रहेको साहित्यक समूह क्रिएभिट लिटरेरी फोरमको आयोजनामा उनी २० असारका दिन विश्वविद्यालय परिसरमा एकल कविता वाचन गर्दैछन् । उनीसँग उनको काव्यकारितामाथि छलफल पनि गरिने कार्यक्रम संयोजक महेश पौड्यालले बताए । त्यसै गरी अक्षर समूह चितवनको आयोजनामा २१ असारका दिन पुनियानीले नारायणघाटमा पनि कविता वाचन गर्नेछन् । पुनियानीको “अर्को लश्कर” कविता कृति भर्खरै सार्वजनिक भएको हो । उनी नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी, हिन्दी, बङ्गाली, उर्दू र पञ्जाबी भाषामा पनि कविता लेख्छन् ।