अपाङगता सम्बन्धी अभिमुखीकरण तथा छात्रबृत्ति वितरण

843 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images (4)धादिङ÷अपाङगता पुनस्र्थापना केन्द्र धादिङले आयोजना गरेको अपाङगता सम्बन्धी अभिमुखीकरण तथा छात्रबृत्ति वितरण कार्यक्रम विहीवार नीलकण्ठ नगरपालिकाको मुरलीभन्ज्याङ स्थित वडा कार्यालय भवनमा सम्पन्न भएको छ । अपाङगता बाल अस्पताल बनेपाद्धारा सञ्चालित सि. आ. सि. परियोजना धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरेको छात्रबृत्ति कार्यक्रममा विभिन्न विधाबाट शारीरिक रुपमले अपाङगता भएका १२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेत्रहिन संघ धादिङका अध्यक्ष आस्बिन लम्सालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले धादिङ जिल्लाको ५० वटै विद्यालयहरुमा अपाङगता मैत्री पूर्ण बातावरण बनाउने तयारीमा लाागि रहेको र आगामि बर्षहरुमा अन्य अपाङगताहरुलाई पनि समेट्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नगरपालिकाका वडा सचिवका साथै विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।