अर्जेन्टिना २४ वर्षपछि सेमिफाइनलमा

606 पटक पढिएको

सम्पादक: Dhadingnews.com

10417608_934585263223988_6076743954599426658_nकाठमाडौं, – अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबारराति भएको खेलमा बेल्जियमलाई १–० ले हराउँदै अर्जेन्टिना २४ वर्षपछि सेमिफाईनलमा प्रवेश गरेको हो ।

सन् १९९० पछि पहिलो पटक अर्जेन्टिनालाई सेमिफाईनलमा पुर्‍याउन गोञ्जालो हिग्वीनले गोल गरे ।

आठौं मिनेटमा हिग्वीनले गरेको एक मात्र गोलनै निर्णायक भयो । बेल्जियमका कप्तान भिन्सेन्ट कोम्पनीको खुट्टाबाट खोसेर एञ्जेल डि मारियाले निकालेको क्रस पासमा हिग्वीनले पेनाल्टी एरियाबाट वान टचमा बललाई जाली चुमाए ।

हिग्वीनको जारी प्रतियोगितामा पहिलो गोल हो । उनले यसअघि चार वटा खेलमा गोल गर्न सकेका थिएनन र उनको आलोचना पनि हुँदै आएको थियो । आठौं मिनेटमा गोल खाएर पछि परेको बेल्जियमले गोल फर्काउने कोसिस गरेपनि सफल हुन सकेन् । ५४ प्रतिशत बल होल्ड गरेको बेल्जियमले खेलको अन्त्यतिर थप दबाब बनाए पनि गोल गर्न सकेन् । दोस्रो हाफको ईञ्जुरी टाईममा अर्जेन्टिनाका लियोनेल मेसीले गोलको मौका पाए पनि उनी चुके ।  यसअघि १९८६ मा उपाधि जितेको अर्जेन्टिना सन् १९९० को फाईनलमा जर्मनीसँग हारेको थियो । त्यसयताका विश्वकपमा अर्जेन्टिना सेमिफाईनलमा पुगेकै थिएन् । ९० यता अर्जेन्टिना क्वार्टरफाईनलबाटै आउट हुँदै आएको थियो ।

-उज्यालो अनलाईनवाट