अपाङ्गमैत्री छैनन धादिङका सरकारी कार्यालय

747 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images (1)धादिङ,- धादिङ जिल्लाका कुनै पनि सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरु अपाङ्गमैत्री हुन नसकेको सरोकारवालाहरुले वताएका छन । देशका विभिन्न जिल्लावाट धादिङ आईपुगेका अपाङ्गता भएका व्यक्तिहरुले जिल्लाको सरकारी कार्यालयको अवलोकन गर्न खोज्दा अपाङ्गमैत्री नभएको वताएका हुन । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी धादिङबेसीमा संचालन भएको प्रस्तावना तथा प्रतिवेदन लेखन सम्वन्धि राष्ट्रिय स्तरको तालिममा सहभागी भएकाहरुले जिल्लाका कुनैपनि सरकारी कार्यालय अपाङ्गमैत्री नभएको वताएका हुन ।
परिलक्षित संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा असार १८ गतेवाट धादिङबेसीमा संचालन गरिएको प्रस्तावना लेखन तथा प्रतिवेदन लेखन सम्वन्धि राष्ट्रिय स्तरको तालिम आईतवार सम्पन्न भएको हो । तालिममा धादिङ,गोरखा, कास्की,पाल्पा,बांके र कैलाली जिल्लाका अपाङ्गता भएका व्यक्तिद्धारा संचालित संस्थाका प्रंतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमका क्रममा सरकारी कार्यालयको अवलोकनका लागि गएका बिशेष गरी ह्विलचियरमा हिंड्नुपर्ने अपाङ्गता भएकाहरु सरकारी कार्यालयका प्रमुख समक्ष पुग्न नसकेको स्वालम्वन जिवनपद्धती नेपाल कास्कीका हितमान छन्त्यालले वताए ।
तालिमले अपाङ्गता भएका व्यक्तिलाई पनि सवलाङग् सरह केही काम गर्न सक्छन भन्ने आत्मविश्वास दिएको भएपनि धादिङ जिल्लाका सरकारी कार्यालयनै अपाङ्गमैत्री नभएको पाउंदा दुःख लागेको प्रगतिशिल अपाङ्ग संघ कैलालीका कालिचरण चौधरीले वताएका छन । पांच दिन सम्म संचालन भएको प्रस्तावना लेखनका बिषयमा प्रशिक्षक तेज बिक्रम शाह र कुमार विसीले सहजीकरण गरेका थिए ।
तालिमको समापन कार्यक्रम गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा परिलक्षितका अध्यक्ष विजयकुमार मानन्धरको पनि उपस्थिती रहेको थियो ।