उखुवारीको ह्यारी गाउंमा पोखरीको निर्माण

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मैदी –परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक नेपाल)को सामाजिक परिचालन र गरिवि निवारण कोषको आर्थिक सहयोगमा संचालित गरिवि निवारण कार्यक्रम अन्र्तगत मैदी गाविसको उखुवारीमा पक्की पोखरी निर्माण गरिएको छ ।
उखुवारीमा रहेको सृजनशिल प्रतिवद्धता सामुदायिक संस्था मार्फत संचालित उखुवारी बिद्युत्तिय सिंचाई उपभोक्ता समिति र जिल्ला भुं सरंक्षण कार्यालय धादिङको सहयोगमा पोखरीको निर्माण कार्य सम्पन्न भएको हो । पोखरीको निर्माणका लागि भु संरक्षण कार्यालयको नगद  सहयोग १ लाख १२ हजार १ सय ३० र उपभोक्ता समितिको ८६ हजारल ६ सय ३५ रुपैया गरी कुल एक लाख ९८ हजार ७ सय ६५ रुपैयाको लागतमा ह्यारी गाउंमा पक्की पोखरीको निर्माण गरिएको हो ।
पोखरीको निर्माण पछि स्थानीय उपभोक्ताले सिंचाई मार्फत आयआर्जनका लागि तरकारी तथा फलफुल खेती कार्यक्रमहरु गर्ने कोसोक नेपालका सामाजिक परिचालक नारायणकुमार श्रेष्ठले वताउनु भयो ।