जनसंख्या दिवसमा १९ कर्मचारी र २२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

755 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_3412धादिङ–संयुक्त राष्ट्रसंंघले आह्वान गरे अनुसार हरेक बर्ष जुलाई ११ मा मनाउदै आएको विश्व जनसंख्या दिवस यो बर्ष पनि नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘युवामा लगानी गरौं’ भन्नेनारा सहित धादिङमापनि यो दिवस मनाईएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय धादिङले २२ जना महिला स्वास्थ्य स्वयमसेविका र १९ जना स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सम्मान प्रदान गरेको छ । दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय धादिङले शुक्रवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी महिला स्वास्थ्य स्वयमसेविका तथा कर्मचारीहरुलाई सम्मान गरेको हो । जिल्लाभर कार्यरत स्वास्थ्य संस्थाका कर्मचारीहरुमध्येवाट उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै नौविसे स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक शिवहरी भट्ट, मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीका सिअहेव कृष्णवहादुर पौडेल गजुरी स्वास्थ्य चौकीका स्टार्फ नर्स राधा पाण्डे,सल्यानकोट स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक ज्ञानवहादुर दहाल,नौविसे स्वासथ्य चौकीका खरिदार केशवप्रसाद सुवेदी,गुम्दी स्वास्थ्य चौकीका अनमी गौरादेवी रिजाल रहेका छन । त्यसैगरी सेर्तुङ स्वास्थ्य चौकीका अनमी सरस्वती लम्साल,तसर्पु स्वास्थ्य चौकीका अनमी देवकी सुवेदीका साथै गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय सहायक राममाया चेपाङ र मार्पाक स्वास्थ्य चौकीका कार्यालय सहायक मेम्बर तामाङ रहेका छन । चालु आर्थिक बर्षमा जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ठ कार्य सम्पादनको आधारमा सम्मानित गरिएका सबैजनालाई सम्मान पत्र र नगद २ हजार रुपैया प्रदान गरिएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,निमित्त स्थानीय विकास अधिकारी प्रमुख जिल्ला इन्जिनियर निर्मलदर्शन आचार्य र बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहमम्द दाउद लगायतले सम्मानित भएका कर्मचारीलाई सम्मान पत्र प्रदान गरेका थिए । यसैगरी सोही कार्यक्रमको अवसर पारेर खोप दिवसमा उत्कृष्ठ कार्य सम्पादन गरी खोप दिवसको लक्ष्य पुरा गर्न सहयोग गरेको भन्दै विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा पिडा स्वास्थ्य चौकीका सिअहेव चेतनाथ भट्ट र अनमी रमा रुपाखेती,नलाङ स्वास्थ्य चौकीका सिअहेव रामप्रसाद सिलवाल र अहेव मेघनाथ सिलवाल,सलाङ स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक रामविनय साह र हेल्थ असिष्टेन्ट प्रदिप कुसवाहा र अहेव प्रेमवहादुर भुजेल रहेका छन । त्यसैगरी गोगनपानी स्वास्थ्य चौकीका अहेव प्रेमवहादुर भुजेल र अनमी कल्पना रुपाखेती रहेका छन ।

विश्व जनसंख्या दिवसको अवसर पारेर बर्षभरी विभिन्न गाविसमा रहेर उत्कृष्ठ कार्य सम्पादन गर्ने २२ जना महिला स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुने महिला स्वास्थ्य स्वयमसेविकाहरुमा कल्पना चेपाङ पिडा ९,गिता तामाङ गजुरी ४,राममाया तामाङ बैरेनी ६,सितामाया तामाङ रि १,अम्विका सिलवाल सलाङ ८,सुकमाया गुरुङ गुम्दी १,माया घले बुढाथुम १र जुनकीरी गुरुङ खाल्टे ८ रहेका छन । यसैगरी सम्मानित हुने अन्य महिला स्वास्थ्य स्वयमसेविकाहरुमा, लोककुमारी घिमिरे मैदी ७,ठगेश्वरी कोईराला मुरलीभञ्ज्याङ ३, सिताम पाठक ज्यामरुङ ६,संगिता श्रेष्ठ चैनपुर ७,सिता अर्याल रेग्मी जीवनपुर १।तुलसी गुरुङ मार्पाक ९,विना तामाङ सत्यदेवी ५,निरमाया तामाङ भुमेस्थान २,पार्वती अधिकारी सल्यानटार ८ र धनकुमारी भुजेल महादेवस्थान १ रहेका छन । सम्मानित हुने अन्य महिला स्वास्थ्य स्वयमसेविकाहरुमा शुसिला खतिवडा जोगिमारा ३,पार्वती त्रिपाठी वेनिघाट ७ वालकुमारी ढकाल धुंवाकोट ६ र सन्तुुकुमारी गुरुङ दार्खा ६ रहेका छन । जिल्लाको प्रत्येक वडामा एक एक जना महिला स्वस्थ्य स्वयमसेविकाहरु सक्रिय रहेका छन ।