नेदरल्याण्ड्सलाई तेश्रो स्थान

698 पटक पढिएको

सम्पादक: Dhadingnews.com

10524735_946316805384167_1000903316008757804_nकाठमाडौं, असार २९ – नेदरल्याण्ड्स विश्वकप फुटवलमा तेश्रो भएको छ  ।

आइतबार बिहान सकिएको खेलमा आयोजक ब्राजिललाई ३–० ले हराउँदै नेदरल्याण्ड्स तेश्रो भएको हो ।

नेदरल्याण्ड्सलाई जिताउन रोबिनभान पर्सि, डली ब्लिण्ड र जर्जिनिओ विज्नाल्डमले एकएक गोल गरे । तेश्रो मिनेटमै ब्राजिलका कप्तान थिएगो शिल्भाले डिबक्समा नेदरल्याण्ड्सका आर्जेन रोबेनलाई लडाएपछि पाएको पेनाल्टीमा भानपर्सिले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि १६ औं मिनेटमा ब्राजिलका डेभिड लुइजले हेडमार्फत क्लियर गर्न खोजेको बल नियन्त्रणमा लिएर डिफेण्डर ब्लिण्डले अर्को  गोल थप्दै अग्रता दोब्बर पारे । खेलको ९० औं मिनेटमा बिज्नाल्डमले अर्को गोल थपे । ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले टिममा थुप्रै परिवर्तन गरेपनि त्यसले पनि सुखद नतिजा दिन सकेन । ढाडको चोटबाट घाइते भएका स्ट्राइकर नेयमारले बेञ्चबाट खेल हेरेका थिए ।  यो जितसँगै प्रतियोगितामा नेदरल्याण्डसले सेमिफाइनलमा अर्जेण्टिनासँगको हारमा सान्त्वनाको मल्हम लगाएको छ भने आयोजक ब्राजिलले फेरि एकपटक समर्थकलाई निराश बनायो । ब्राजिलले १९४० पछि घरेलु भुमिमा लगातार २ खेल हारेको यो पहिलोपटक हो । भानपर्सिले ब्राजिलविरुद्ध गोल गर्दै आफ्नो अन्तराष्ट्रिय गोल संख्या ४७ पुर्‍याएका छन् भने जारी विश्वकपमा उनको गोल संख्या ४ पुगेको छ । त्यो गोल ब्राजिलले विश्वकपमा खाएको एक सयौं गोल पनि हो । ब्राजिलले यसपटकको विश्वकपमा १४ गोल खाएको छ । उसले पछिल्ला २ खेलमा १० गोल खायो उज्यालो अनलाईनले खबर लेखेको छ ।