चैनपुरमा चार दिनमा तीनजनालाई सर्पले डस्यो

900 पटक पढिएको

सम्पादक: Dhadingnews.com

cobra1धादिङ,- धादिङ जिल्लाको चैनपुर गाउं विकास समितिमा केही दिन यता सर्पदशंका विरामी बढ्न थालेका छन । एक सातामा तीन जनालाई सर्पले डसेर घाईते वनाएपछि गाउंमा सर्पको विगविगि भएको आशंका गरिएको छ ।
असार २८ गते चैनपुर गाविस वडा नम्बर ५ की २२ बर्षिया पुजा रम्तेल,सोही दिन चैनपुर ५ की १६ बर्षिया रन्जना छत्कुली,असार ३१ गते चैनपुर ६ का ७० बर्षिय मेघवहादुर आले सर्पले टोकेर उपचारका लागि जिल्ला अस्पताल आएको अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीले जानकारी दिनु भयो ।
चार दिनमा अस्पतालमा सर्पको टोकाईवाट घाईते भएका चार जना विरामी उपचारका लागि आएकोमा तीन जना चैनपुर गाविसको मात्रै भएकाले सो गाविसमा सर्पदशंको खतरा बढेको हुन सक्ने स्वास्थ्यकर्मी उप्रेतीको भनाई छ । जिल्ला अस्पतालमा सर्पदशंको उपचारका लागि छुट्टै व्यवस्था नभएकोले सघन उपचार कक्षमा राखेर उपचार गराई विरामीलाई घर पठाउने गरिएको पनि स्वास्थ्यकर्मी उप्रेतीले वताउनु भयो ।
अघिल्लो बर्षको तुलनामा यो बर्ष जिल्ला अस्पतालमा सर्पदशंका विरामी बढेको अस्पतालले जनाएको छ ।