सिभिक बैकको मुनाफा एक करोड ५३ लाख

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
image001धादिङ,२ साउन ः धादिङ जिल्लामा केन्द्रीय कार्यालय भएको सिभिक डेभलपमेण्ट बैंकले चालु गत आर्थिक बर्षमा रु.१ करोड ५३ लाख ४८ हजार संचालन मुनाफा गरेको छ । बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार बैंकले २०७१ आषाढ मसान्तसम्म अपरिष्कृत बिवरण अनुसार रु.४० करोड ५२ लाख निक्षेप संकलन र रु.३२ करोड १८ लाख कर्जा प्रवाह गरी रु.१ करोड ५३ लाख ४८ हजार संचालन मुनाफा गरेको हो ।
बैकको अधिकृत पूंजी रु.१० करोड, जारी पूंजी रु.५ करोड र चुक्ता पूंजी रु.४ करोड रहेकोमा बैंकको चौथो बार्षिक साधारण सभाबाट पारित ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूंजी रु.५ करोड पुर्याउन बैकले अनुमति पाएको छ ।
नियमनकारी निकाय लगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त गरी २०७१ आषाढ १२ गते सो कार्यको लागि नेपाल धितोपत्र वोर्डबाट समेत स्विकृत प्राप्त गरी यहि साउन २७ गते देखि भदौ ३० गते सम्मको अवधी राखि शेयरधनीहरुकोे लागि हकप्रद शेयर जारी गर्न लागिएको महाप्रवन्धक वज्राचार्यले वताउनु भयो ।
सिभिक डेभलपमेण्ट बैक २०६६ श्रावण २९ गतेदेखि विधिवत रुपमा कार्यारम्भ भई हाल धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको बीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा शाखा कार्यालय संचालनमा रहेको छ । साथै सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा रहेको छ भने बैरेनी गा.वि.स.को गल्छीमा सीमित बैंकिङ्ग इकाई समेत संचालनमा आईसकेको छ । त्यसैगरी सांधभन्ज्याङ्ग, टोडके, खहरे, बैरनी, आदमघाट र धादिङबेसीमा लघुवित्त कार्यक्रम समेत संचालनमा रहेको बैकले जनाएको छ । साथै, जिल्लाका अन्य संभावित क्षेत्रहरुमा बैंकको शाखा, काउण्टर, सीमित बैंकिङ्ग इकाई र लघुवित्त कार्यक्रम बिस्तारको लागि अध्ययन एवम् गृहकार्य भैरहेको पनि महाप्रवन्धभक वज्राचार्यले बताउनु भयो ।
त्यसैगरी बैकले “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ लघुवित्त कार्यक्रम सञ्चालन मार्फत ११७५ भन्दा बढी ग्रामीण विपन्न महिलाहरुलाई बिना धितो कर्जा प्रदान गरी रहेको पनि वज्राचार्यले वताउनु भयो ।