चलचित्र ‘लुक्स’ प्रदर्शनको तयारीमा

615 पटक पढिएको

सम्पादक: Dhadingnews.com

banner (1)पोखरा, ÷पर्यटकीय नगरी पोखराबाटै निर्माण भएको चलचित्र ‘लुक्स’ प्रदर्शनको तयारीमा रहेको छ । श्री ब्ल्याक फ्रेमको व्यानरमा निर्माण भएको लुक्सको सम्पूर्ण छाँयाङ्कन पोखरामा नै गरिएको छ चलचित्र आउँदो भदौ १ गते प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका निर्देशक श्रीकान्त सिग्देल बताएका छन् । पोखरा तेर्सापट्टिस्थित पूर्णिमा चलचित्र घरमा लुक्सको प्रदर्शन गरिनेछ ।
करिब ४० लाखको लगानी रहेको लुक्सले सामाजिक यथार्थवादी कथावस्तु समेटेको छ । कथामा दलित युवतीलाई बलात्कार प्रयास गर्दा आत्मिक प्रेम प्रकट भई गान्धर्व विवाहमा रूपान्तरण हुन्छ । तर समाजले अन्तरजातिय विवाहलाई अनुमोदन गर्न नसकेको पछि नवविवाहिता जोडी गाउँबाट विस्थापित हुनुपरेको कारुणिक कथा चलचित्रमा समेटिएको छ । चलचित्रमा कृष्ण भण्डारी, श्रीकान्त सिग्देल, पूर्ण जिसी, सुरविना कार्की, इन्दिरा भण्डारी, हिराफ गौतम, सन्तोष गुरुङ, अस्मिता शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका नायक कृष्ण भण्डारी नयाँ अनुहार हुन् । निर्माता समेत रहेका भण्डारीको अभिनय शैली थाहा पाउन चलचित्र नै हेर्नुपर्ने भएको छ ।
सगुन सिग्देलले सम्पादन गरेको चलचित्रमा सचिन तामाङले द्वन्द्व निर्देशन गरेका छन् । चारवटा गीत समावेश गरिएको चलचित्रको शीर्ष गीत ‘आगो आगो’… अधिक हिट भएको छ । तर चलचित्रले दर्शकको मन कति जित्ने हो त्यो हेर्न भदौ १ लाई कुर्नुपर्ने भएको छ ।