पहिरो पन्छाएर खुलाइयो राजमार्ग (फोटो फिचर)

723 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

baireni sadak 101 - Copyधादिङ, ८,साउन – लेदो माटो र वालुवाले सडक पुरिएपछि अवरुद्ध पृथ्वीराजमार्गको बैरेनी– मछेडीखोला सडक सात घण्टापछि बिहीवार विहान सांढे १० वजेदेखि एकातर्फी सञ्चालनामा आएको छ ।

बैरेनीको महेशदोभान, बैरेनीवजार, गर्दो खोला, गल्छी र मछेडीखोलामा माथिबाट वगेर आएको वालुवा र लेदो माटोले सडक पुरिएपछि विहान ३ बजेदेखि सवारी आवागमन ठप्प भएको थियो ।

राजमार्ग अवरुद्ध हुँदा रोकिएका सयौं सवारी साधनहरु विस्तारै गन्तब्यतिर जान थालेका छन् । लेदो माटोका कारण सडक अवरुद्ध हुँदा काठमाडौबाट बिभिन्न जिल्लातिर जाँदै गरेका र काठमाडौ जाँदै गरेका धेरै सवार साधन रोकिएका थिए । राती देखिनै परिरहेको पानी विहानसम्म नरोकिँदा प्रहरीले सडकको माटो पन्छाउन सकेको थिएन । बर्षा कम भएपछि स्काभेटरको सहायताले लेदो माटो र वालुवा हटाएपछि सडक एकातर्फी सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैरेनी ९ महेशदोभानमा सडक भन्दामाथि रहेको खानीबाट बगेर आएको वालुवा सडकमा जमेको थियो भने गल्छी नजिक प्रस्तावित नमुना शहरका लागि बनाइएको कच्ची सडकबाट वगेर आएको माटो राजमार्गमा जमेको थियो । राजमार्ग सुरक्षाका लागि सडक भन्दा माथि खानी सञ्चालन र सडक निर्माणमा सावधानी अपनाउनुपर्ने भएपनि पछिल्लो समय जताजतै सडक विस्तार गरिनुका साथै लापरवाही ढंगले खानी चलाएका कारण सडकमा समस्या बढेको सर्वसाधारणको गुनासो छ ।

सडक अवरुद्ध हुँदा अलपत्र सवारी साधन र यात्रुको तस्बिर हेर्नुहोस्ः

तस्बिर सौजन्य: सन्तोष अधिकारी/बैरेनी