बोष्टनमा सिर्जना उत्सवको चौबिसौ शृंखला

713 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बोष्टन/ अमेरिका

si3बोष्टनमा आइतबार सिर्जना उत्सवको २४ औ साहित्यिक शृंखला सम्पन्न भएको छ/ कार्यक्रममा बिभिन्न कविहरूले गीत, गज़ल, कविता प्रस्तुत गरेका थिए/ बोष्टनको क्याम्ब्रिजमा आयोजित उक्त कार्यक्रममा हरि थापा, दीपा पुन राई, दिनेश राजभण्डारी,  गोवर्धन पूजा, लालगोपाल सुबेदी, एलबि एर , ममता कार्मचार्य, राधिका नेपाललगायतले समसयामिक सिर्जना सुनाए /

आशुलक्ष्मी राजभण्डारी तथा दिनेश राजभण्डारीको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ज्ञानप्रकाश शर्मा , अनुप नेपाल , कुशल श्रेष्ठ, सुष्मा श्रेष्ठ नेपाल, मोनिका बज्राचार्य कार्की, भैरवी थापा लगायतले पनि सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे/ कार्यक्रम साहित्यकार गोवर्धन पूजाको सभापतित्वमा सम्पन्न भएको थियो/