मोदीको नेपाल भ्रमणमा ठूला सन्धी सम्झौता नगर्ने प्रमुख ३ दलको निर्णय

607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)काठमाण्डौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा विवादास्पद हुने गरी कुनै पनि सन्धी सम्झौता नगर्ने प्रमुख ३ दलले निर्णय गरेका छन् । साउन ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांगे्रस, एमाले र एकीकृत नेकपा माओवादीको बैठकले शनिवार देखि हुने नेपाल भारत संयुक्त आयोगको बैठकको एजेण्डा पनि तय गरेको छ । बैठकमा सहभागी कांगे्रस महामन्त्री कृष्णप्रसाद सिटौलाले उर्जा विकास, विकास निर्माणलगायतका विषयमा छलफल गर्ने बताउनुभयो । एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले मोदीको भ्रमण सफल बनाउनुपर्ने र नेपालको प्रतिकुल नहुने गरी सन्धि सम्झौता गर्ने विषयमा आजको बैठकमा कुराकानी भएको जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आउँदै हुने तय भएको छ ।