धादिङमा दैनिक १६ हजार यात्रुले खानाखाजा खान्छन्

559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राजेन्द्रकुमार बस्नेत
 480X320_c2864b13600e95b442b6c2f481480602धार्के, -देशको मुख्य प्रशासनिक केन्द्र राजधानी भित्रिने र वाहिरिने मुख्य नाका धादिङ नै हो । यस जिल्लामा पर्ने ८६ किलोमिटर मुख्य राजमार्गमा भएपनि ४० किलो मिटर भित्र खोलिएका ३२ वटा यात्रु होटलमा दैनिक १६ हजार यात्रुले खाना खाजा खाने गरेको तथ्यांक छ । ती यात्रुहरुले वार्षिक रुपमा ९२ करोड १९ लाख ८६ हजार २ सय ५० रुपयाँ वारावर खर्चने अनुमान समेत गरिएको छ ।
खाद्य अधिकारको क्षेत्रमा कार्यरत फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले गरेको प्रारम्भिक चरणको अध्ययन प्रतिवेदनमा ५ सय ७८ वटा दिवा तथा रात्री वस  र ३ सय ५८ वटा माईक्रो वसका १५ हजार ६ सय २५ जना यात्रुले दैनिक खाना तथा खाजा खाने गरेको उल्लेख छ । ती यात्रुले सरदर १ सय ५० कार दरले मात्र खर्चे पनि २३ लाख २३ हजार ७ सय ५० रुपँया खर्च हुन्छ ।
यात्रुहरुले दशैतिहार पर्ने महिना वाहेकको ११ महिनामा ७६ करोड ९१ लाख ६१ हजार २ सय ५० रुपाँयको होटलमा र १ करोड १५ लाखको हाराहारीमा होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च गर्ने अनुमान गरिएको छ ।  दशैतिहार एक महिनामा यात्रुको चाप बढ्ने भएकाले १३ करोड ९३ लाख २५ हजार होटलमा र २० लाख भन्दा बढी होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च हुने अनुमान गरिएको छ कारोवार डेलि डट कमले खबर लेखेको छ ।