नेपालमा बाघको संख्या ६३ प्रतिशतले बढ्यो

428 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tigerचितवन–नेपालमा बाघको संख्या ६३ प्रतिशतले बढेको छ । पाँच बर्षको अवधिका बाघको संख्या बढेर १९८ पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सन २००९ मा गरिएको गणनामा नेपालका संरक्षित क्षेत्रमा १२५ पाटेबाघ रहेको थियो । बाघ
संरक्षणको लागि निरन्तर गरिएको अनुगमन, वासस्थान तथा आहारको व्यवस्थापन तथा चोरी शिकार नियन्त्रणको लागि प्रभावकारी काम गरेका कारण यो अवधिमा नेपालमा ७३ वटा वाघ बढेको हो । चितवनमा भने पाँच बर्ष अबधिमा २९ वटा बाघ बढेका छन । सन २००९ मा गरिएको गणनामा चितवनमा ९१ वटा बाघ रहेकोमा त्यो संख्या बढेर १२० पुगेको हो । चौथो विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी बाघ बढेको तथ्याङक र बाघ संरक्षणको लागि गरिएका प्रयासहरुको वारेमा जानकारी दिएको हो । सन २००९ सम्म १२५ रहेको बाघको संख्या सन २०१२ सम्ममा १७६ पुगेको थियो । पछिल्लो २ बर्षको अबधिमा २२ वटा बाघ बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिनुभयो ।