ओमको मुनाफा १४ करोड १६ लाख

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

184768_170981189618978_807355_nकास्की–ओम फाईनान्स लिमिटेडले आर्थिक बर्ष २०७०।७१ को असार मसान्तसम्म १४ करोड १६ लाख सञ्चालन मुनाफा गरेको छ । फाईनान्सका महाप्रवन्धक बुद्धि मल्लका अनुसार असार मसान्तसम्म फाईनान्सले ४ अर्ब ५० करोड निक्षेप संकलन गरि ३ अर्ब ४३ करोड कर्जा लगानी गरेको छ भने निष्कृय कर्जा १.५५%, कर्जा निक्षेप अनुपात ६८%, पुंजी पर्याप्तता १३.१२% र प्रतिशेयर आम्दानी २८% रहेको छ । फाईनान्सले अघिल्लो आ.ब.को असार मसान्तको तुलनामा निक्षेपमा २०%, कर्जामा ६% र खुद मुनाफामा २८% को बृद्धि गरेको हो ।

फाईनान्सले कामना विकास बैंक लिमिटेडसंग मर्जरमा जानको लागि सैदान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा आवदेन दिएको छ । मर्जरपछि दुबै संस्थाले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा ओम विकास बैंकको नामबाट संयुक्त रुपमा कारोवार गर्ने जनाएको छ ।