धादिङमा क्याम्पस संख्या चौध पुग्यो

894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी– उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि धादिङ जिल्लाको गाउं गाउंमा स्नातक तहको पढाई हुने क्याम्पसले त्रिभुवन विश्व बिद्यालयवाट सम्वन्धन पाउने क्रम बढ्न थालेको छ ।
जिल्लामा अहिले सम्म चौध वटा क्याम्पसले त्रिभुवन विश्व बिद्यालयवाट सम्वन्धन प्राप्त गरिसकेका छन । यसरी सम्वन्धन पाएका मध्ये सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमखी क्याम्पसमा स्नातकोत्तर तहको पढाई हुंदै आईरहेको छ भने वांकी १३ वटा क्याम्पसमा स्नातक तहको पढाई संचालन हुने गरेको छ ।
अहिले सम्म धादिङको क्षेत्र नम्बर ३ मा ८ वटा, क्षेत्र नम्बर २ मा ४ वटा र क्षेत्र नम्बर १ मा २ वटा क्याम्पस संचालनमा आईसकेका छन । यसरी संचालनमा आएका मध्ये क्षेत्र नम्वर तीनमा धुनीवेसी जिवनपुर,मच्छ्रिन्द्र खानीखोला, सिम्ले महाकाली भुमेस्थान, नमुना वागेश्वरी बैरेनी,धादिङ बहुमुखी बैरेनी,आदर्श गजुरी,जयवागेश्वरी रिचोकटार( वेनिघाट) र चन्द्रोदय क्याम्पस विशालटार ( वेनिघाट) मा रहेको छ ।
त्यसैगरी जिल्ला सदरमुकाम समेत रहेको क्षेत्र नम्बर २ मा नीलकण्ठ,गणेशहिमाल,सिपि धादिङबेसी र बुढीगण्डकी क्याम्पस मैदीमा रहेको छ भने क्षेत्र नम्बर १ मा सल्यानटार क्याम्पस सल्यानटार ,नेत्रावती क्याम्पस त्रिपुरेश्वर रहेका छन । जिल्लामा स्थापना भएका मध्ये सिपि र गणेश हिमाल निजी प्रयासमा स्थापना गरिएको हो भने अन्य क्याम्पस सामुदायिक तहवाट संचालनमा रहेका छन ।