धादिङ जिल्ला अस्पताल परिसरमा फुलका विरुवा रोपियो

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10409114_860909760588307_237093134260215204_nधादिङबेसी–धादिङ जिल्ला अस्पताल परिसरमा विभिन्न प्रजातीका फूलका विरुवाहरु रोपिएको छ । वंगलादेशमा एमविविएस अन्तिम बर्षमा अध्ययनरत राम थापाको अगुवाईमा अस्पताल परिसरमा फुलका विरुवा रोपिएको हो ।
अभियन्ता थापा धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का स्थायीवासिन्दा हुनुहुन्छ । थापाको अगुवाईमा भएको अस्पताल परिसरमा विभिन्न प्रजातीका फुलका विरुवा रोप्ने कार्यको धादिङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर  रसिला अमात्यले अशोका वृक्ष रोपेर अस्पताल परिसरमा फुलका विरुवा रोप्ने कार्यको शुभारम्भ गर्नुभएको थियो ।
10411772_860915330587750_8426110999740750936_nवृक्षारोपण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत ,चिकित्सक,  स्वास्थ्यकर्मीहरुका साथै अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु,स्थानीय वासी र सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । सो अवसरमा अस्पताल परिसरलाई हराभरा वनाउने सोचका साथ १ सय वटा कपुर, धुपी र तेजपात ५०–५० का  साथै अन्य मौसमी फुलका बिरुवा रोपिएको अभियन्ता थापाले धादिङ न्युज डट कमलाई जानकारी दिनुभयो ।