घटनाको छानविन हुन्छ : गृहमन्त्री गौतम

747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dinesh-adhikari-1 धादिङ-‘चरी’ उपनामले चिनिने दिनेश अधिकारीको हत्या घटना छानविन गरी दोषीलाई कारवाही गर्न आफन्तहरुले माग गरेका छन् । गृह मन्त्री बामदेव गौतमलाई बिहीवार बिहान मन्त्री निवास पुल्चोकमा भेट्न पुगेका उनीहरुले अधिकारीको नियोजित ढंगले हत्या गरीएको बताएका हुन ।
घटना सम्बन्धमा सरकार मौन रहेको भन्दै उनीहरुले निष्पक्ष छानविन गरी दोषिलाई कारवाही नगरे आन्दोनल गर्ने चेतावनी दिएका छन् । गृह मन्त्री गौतमले घटना सम्बन्धमा छानविन गरीने आश्वासन दिएका छन् । गृह मन्त्री गौतमलाई भेट्न धादिङ्का सभासद् र अधिकारीका आफन्त मन्त्री निवास पुगेका थिए ।
प्रहरीले भने चरी प्रहरी कारबाहीमा मारिएको बताउदै आएको छ । प्रहरीले हत्या, गुण्डागर्दी, अपहरण र असुली जस्ता अनगिन्ती अभियोगमा चरी संलग्न रहेको आरोप लगाएको छ ।
चरी मारिएकामा एमालेपनी आक्रोशित
दिनेश अधिकारी चरी’ प्रहरी कारबाहीमा मारिएकामा एमाले धादिङ नेतृत्व आक्रोशित भएको छ ।
एमाले धादिङका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठीले प्रहरीले नक्कली मुठभेडको नाममा चरीको नियोजित हत्या गरेको बताउनु भएको छ । कानुनविपरीत गतिविधि गरेको भए पक्राउ गरी कारबाही गरिनुपर्ने त्रिपाठीको भनाइ छ । ‘कानुनविपरीत गतिविधि गरेको भए पक्राउ गरेर जेल हाल्न सकिन्थ्यो’, त्रिपाठीले धादिङ न्युजलाई बताउनु भयो । ‘नक्कली मुठभेडका नाममा गैरन्यायिक हत्या भयो ।’ जस्तोसुकै अपराधीलाई पनि बाँच्न पाउने अधिकार रहेको भन्दै प्रहरीलाई मान्छे समाएर मार्ने अधिकार कसले दियो ? त्रिपाठीको भनाई छ् ।
चरीलाई निहत्था अवस्थामा पक्राउ गरेर एक्लै जंलगमा लगेर गोली हानिएको परिवारको दाबी छ् । राजनीतिक कार्यकर्ता भएकै कारण दिनेश मारिएको नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रिय कमिटीले जनाएको छ । ‘एउटा राजनीति कार्यकर्तालाई निहत्था अवस्थामा समातेर जंगलमा लगेर गोली हानेर मारेर नक्क्ली भिडन्तको प्रचार गरिएको क्षेत्रिय कमिटीका सचिब नेत्रप्रसाद नेपालले बताउनु भयो । ‘प्रहरीलाई गोली हानेर मान्छे मार्ने अधिकार कसले दियो ?’ घटनाको सत्थतथ्य छानबिन गरी दोषी प्रहरीमाथि कारबाही माग हुनु पर्ने एमालेका नेताहरुको माग छ ।
धादिङ त्रिपुरेश्वरका स्थायी बासिन्दा चरी एमाले क्षेत्र नम्बर–१ का पूर्वउपाध्यक्ष हुन् । एमाले जिल्ला नेतृत्वले चरी मारिएकामा आपत्ति जनाए पनि यसबारे केन्द्रीय नेतृत्वबाट केही प्रतिक्रिया आएको छैन ।