विकासलाई सञ्चारले गति दिन्छ कार्यकारी निर्देशक लामिछाने

472 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

company_name_hoverधादिङ –सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का कार्यकारी निर्देशक रामचन्द्र लामिछानेले विकासलाई सञ्चारले महत्वपूर्ण गति दिनुपर्ने बताउनुभएको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङले शुक्रवार सदरमुकाम धादिङवेसीमा आयोजना गरेको सामाजिक लेखा जाँच कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत हरनु भएका लामिछानेले बोल्दै कार्यकारी निर्देशक लामिछानेले स्थानीय विकासमा सामुदायिक रेडियोहरुको महत्वपूर्ण जिम्मेवारी भएकोमा जोड दिदै जिल्लाको पहिलो सामुदायिक रेडियोको रुपमा रहेको रेडियो धादिङले स्थानीय सँस्कृति संरक्षणका साथै सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोभन्दै प्रशंसा गर्नुभयो । अर्को एक प्रसंगमा कार्यकारी निर्देशक लामिछानेले समाजमा चेतना जागृत गराउनको लागि शिक्षा क्षेत्रमा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ गाउँमा रेडियोले पुर्याएको सकारात्मक सन्देशका साथै पीडाको राई गाउँमा आएको परिवर्तनको पनि प्रशंसा गर्नुभयो । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष गोपाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, स्थानीय विकास अधिकारी रुद्रसिं तामाङ लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले रेडियो धादिङले आगामी दिनमा गर्नुपर्ने कार्यहरुका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो । सहकारी संस्थाका उपाध्यक्ष एवं अकोरावका कोषाध्यक्ष सुवास खतिवडाले रेडियो स्थापनादेखि अहिलेसम्म भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।