बिद्यार्थी उपकार संघ,धुवांकोटको नयां कार्यसमिति चयन

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुवांकोट-बिद्यार्थी उपकार संघ धुवांकोट धादिङले सरिता तामाङको सभापतित्वमा नवौं साधारण सभा सम्पन्न गरेको छ । धुवांकोट पात्ले स्थित संस्थाको आफ्नै नवनिर्मित भवनमा संचालित सभाले सरिता तामाङको अध्यक्षतामा १३ सदस्यीय नयां कार्य समिति चयन गरेको छ ।

आइतबार भएकोे नवौँ साधारण सभाले नयां कार्यसमिति चयन गरेको हो । संघका अरु पदाधिकारीहरुमा उपाध्यक्षमा राम बहादुर तामाङ र जयलाल तामाङ चयन भएका छन् । यसैगरी कोषध्यक्षमा सोनी तामाङ, सचिबमा रञ्जना तामाङ सह-सचिबमा सलिना तामाङ चयन भएकी छिन् । यसैगरी अन्य सदस्यहरुमा मनमाया तामाङ, आइतीमाया तामाङ, भावना घिमिरे, निर्मला लामा, लक्कीमाया तामाङ , चमेली तामाङ र उक्तमाया तामाङ रहेका छन् ।

अन्तराष्ट्रिय बिद्यार्थी उपकार संघका संस्थापक सल्लाहकार सुब बहादुर तामाङको प्रमुख आतित्यथामा भएको कार्यक्रमको बिशेष अतिथि भुपु गाबिस अध्यक्ष तथा संघका पुर्ब कोषाध्यक्ष धन बहादुर तामाङ रहेका थिए । कार्यक्रममा बिभिन्न संघ संस्था तथा राजनैतीक पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युरोपियन राष्ट्रहरुमा कार्यरत अन्तराष्ट्रिय बिद्यार्थी उपकार संघका प्रतिनिधिहरुको समेत विषेश उपस्थिती रहेको थियो । देश बिदेशमा छरिएर रहेका गांउका नागरिकलाई संघठित गर्दै आफ्नो ठाउँको बिकास गर्ने लक्ष्य सहित विभिन्न अभियान छेड्न सफल बिद्यार्थी उपकार संघले धुवांकोट गाबिसमा २०५१ सालदेखि बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आईरहेको छ रेडियो धुवांकोटले खबर लेखेको छ ।