शक्तिसञ्चयको पावन पर्व हरितालिका !

565 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बद्रीप्रसाद  दाहाल
badri dahal    नेपाली  घरआँगनमा  आउने  थुप्रै  पर्वमध्ये भाद्र महिनाको शुक्ल  पक्षको  तृतीया  तिथिमा पर्ने  हरितालिका  (तीज) तमाम  महिलाको मात्र महान्  पर्व  नभएर  पुरुषहरुको  पनि  उपासना  तिथि  हो । किनकि स्वयं महा–देवले  भन्नुभएको  छ — ‘ भत्र्रा  सह  कथां  श्रुत्वा  भक्तियुक्तेन  चेतसा ’ अर्था–त्  आफ्ना  पतिकासाथ  भक्तिले   भरिएको  चित्तले  कथा  सुन्नु  भनिएको छ । यसबाट  बुझिन्छ  कि  पुरुषवर्ग  पनि  व्रतमा  सामेल  हुनुपर्छ । तर लोकजीवन विस्तारै  पुरुष  शासित  हु‘दै  जॉदा  यो  पर्व  महिलाप्रधान  बन्न  पुगेको हो ।

हाम्रा  ऋषिमुनिहरुले  यही  महादेव  कथनलाई  पुष्टि  गर्दै आफ्ना  उद्गार यसरी  प्रकट  गरेका  छन् — ‘ एकचक्रो  रथो  यद्वत् ,  एकपक्षो   यथा  खगः । अभार्योऽपि   नरस्तद्वत् , अयोग्य ः  सर्ब  कर्मसु ।। ’मतलब — एक पाङ्ग्राको रथ , एउटामात्र  पखेटा  भएको  चरा ,  गुड्न  र उड्न  सक्दैन । त्यसै  गरी  भार्या–विनाको  पति  पनि  देव  कार्य  पितृ  कार्य  सबैमा  निकम्मा  हुन्छ ।  यसबाट यो  बुझिन्छ  कि  यस्ता  पर्वहरु  एउटाको  मात्र  टॉसो वा  दायित्वको  कुरो नभएर   उभय  पक्षकै  सामूहिक  सहभागिताको  सुकार्य  हो ।

वास्तवमा  यो  रुखो , कहालिलाग्दो , भ्रमपूर्ण  र  जीर्ण  संसारलाई सरस , घतलाग्दो , ज्ञानपूर्ण  र  नवीनतम  बनाउने  क्षमता  नारीकै  अलौकिक शक्तिको  प्रतिफल  हो । त्यसै  भएर  महान्  नीतिज्ञ  एवं  चिन्तक गर्ग उद्घोष गर्छन् — ‘ यद्  गृहे  रमते  नारी , लक्ष्मीस्तद्  गृहवासिनी । देवताः  कोटिशो व—त्स  ,  न त्यजन्ति  गृहं  हि  तत् । ’ अर्थात् — जुन   घरमा   गुणवती  महिला हुन्छिन्  त्यहाँ  लक्ष्मीले  बास  गर्छिन् । करोडौं  देवताहरुले  पनि  त्यो  घर छा–ड्दैनन् । यसबाट  हामी  बुझ्न  सक्छौं  कि सिर्जनाकी  देवी , ममताकी  खानी नारी  शक्ति  साँच्चै  महालक्ष्मी , महासरस्वती र महाकालीकै  प्रतीक  हुन् ।

व्यासद्वारा  रचित  भविष्योत्तर पुराणमा  हरितालिका अर्थात्  तीजको कथा   सुन्दर   ढङ्गले  प्रस्तुत  गरिएको  छ । स्वयं  महादेवले  पार्वतीलाई  सुनाएको वेदव्यासले  सूतजीलाई  र  सूतजीले  नैमिशारण्य  क्षेत्रमा  बस्ने  ८८ हजार ऋषिहरुलाई  बताएको  आख्यान  यस्तो छ । —ः अत्यन्त  सुन्दर कैलासको टाकु–रामा  कुनै  दिन  शङ्करलाई  गौरीले  बिन्ती  बिसाउनु भयो । हे  नाथ ! सबैका लागि  धर्मको  सिरीखुरी  भएको , थोरै  मिहिनेतले ठूलो  फल  मिल्ने गुप्तभन्दा गुप्त  धर्म  के  होला  बताउनु  होस् । अनि  महादेवले  भने — हे प्यारी , भदौ महिनाको  शुक्ल  पक्षको  तृतीया जुन  दिन व्रत  अनुष्ठान  गर्दा  सबै  किसिम–का  पापबाट  मुक्त  भइन्छ । प्यारी  उहिले तिमीले  जुन  ठूलो  व्रत गर्यौ त्यस बारे  हिमालयमा  यस्तो  घटना  घटेको  थियो । तिमी  सानै  बालक  थियौ तर कठिन  घोर  तपस्यामा  लीन  थियौ । यो  कष्टपूर्ण   तपस्या  देखेर  तिम्रा  बाबाले  छोरी   बिहे  गरेर  कसलाई  सुम्पिने  होला  भन्ने  चिन्ताले  आतुर भै रहेको  बेला  आकाशमार्गबाट  नारदजी विष्णु  भगवान्लाई पार्वती  माग्न प्रस्ताव लिएर  आए । अनि  हिमालय  पर्वतसित  सबै  कुरा  बताए ।

नारदको  प्रस्तावलाई  गिरिराजले  सहर्ष  स्वीकार  गरे ।  हिमालयको  यही   स्वीकारोक्तिको  समाचार  लिएर नारद  विष्णुकहाँ  पुगी सबै वृत्तान्त  सुनाए ।  यता  गिरिराज  पनि  औधी  खुसी  भएर आफ्नी  छोरी पार्व—तीलाई  नारदसित  भएको  ययार्थ  बताए ।  आफ्नो  अनुमतिविना  विष्णुसित  हुन  लागेको बिवाहलाई  अस्वीकार  गरेर  पार्वती    साथीहरुसित गुनासो पोख्दै  आपूm  आत्महत्या  गर्ने  थितिमा  पुगेको  बताइन् । पार्वतीका  साथीहरुले सान्त्वना  दिँदै  उनलाई  विष्णुसित  बिहे  नगराउन निर्जन  वनमा  लुकाउन लगे । ‘ आलिभिः  हरिता ः  यस्मात् , अतः  सा  हरितालिकाः । ’ अर्थात् आलिभिः  भनेको  साथीहरुले   हरिताः   लुकाइएकी  वा  अपहरण  गरेर  लगिएकी भन्ने  अर्थमा  ‘हरितालिका’  यस्तो  नाम  रहन  गएको  हो । यसरी  महादेवले पार्वती जिज्ञासालाई  शान्त  बनाएर  हरितालिका पर्वमै  तिमीले  गरेको  व्रतबाट हामी पतिपत्नी  बन्न  पुगेको  गोप्यता  प्रकट  गरे । निर्जन  वनमा  निराहार गरेर बालुवाको  मेरो  प्रतीक  लिङ्गमा  सो  दिन  उपवास  बसेर  गरेको  पूजा अर्च–नाले  तिमीले आफ्नो  इच्छाअनुसारको पति  पाएकी  हौ । त्यसैले  यो दिन कुनै  पनि  नारीले व्रत  बसेर  महादेवको  पूजा  आराधना  गरेमा मनले चिता–एका  कामनाहरु  पूर्ण  हुन्छन् । त्यसैले  पार्वतीसहित  मेरो लिङ्ग स्थापना गरेर धेरै  किसिमका  पूmलहरु , चन्दन , धूपदीप  , नैवेद्य , अक्षता आदिले  पूजा गर्नु र रातभर  जाग्राम  रहनुपर्छ  । पूजा  गर्दा  नरिवल  , सुपारी , ज्यामिर , बिमिरो , सुन्तला  र  त्यो  ऋतुमा  पाइने  सबै  खालका  फलपूmल भगवान्मा  चढाउनु पर्छ । अनि  यसरी  प्रार्थना  गर्नु — ‘ नन्दीभृङ्गी  महाकाल  गणले  युक्त हे शान्त शिवजी तपाईंलाई  नमस्कार  छ । सबै  मङ्गलका  प्रतीक  हे सदा शिव र पार्वती हाम्रो  भलाइ  गर । यसरी  प्रार्थना  गरेर अरु नारीहरुलाई लुगाफाटा , गरगहना, दक्षिणा  दिनू । यसो  गर्दा  सबै  नराम्रा  जानअनजानमा  गरेका   दुष्कर्महरु  नाश हुन्छन् । सात जन्मसम्म  उत्तम  योनिमा सुखपूर्वक  बिताउन पाइन्छ ।

महादेव  यो  दिनको  व्रतलाई  उपेक्षा  नगर्न  यसरी  संझाउँछन् — ‘ तृतीयायां  तु  या  नारी , आहारं  कुरुते  यदि । सप्तजन्म  भवेत्  वन्ध्या , वै—धव्यं  जन्म  जन्मनि ।।  दारिद्रयम्  पुत्रशोकश्च  कर्कशा  दुःखभागिनी । पच्यते नरके  घोरे नोपवासम्  करोति  या ।। ’ अर्थात् — जुन  नारी  यो  दिन उपवास गर्दिन र  खान्छे  भने  त्यस्ताले  सात  जन्मसम्म  बाँझी  हुनुपर्छ , जन्मजन्ममा विधवा  बन्नुपर्छ , दरिद्र भैरहन्छे , पुत्रशोक  परिरहन्छ । क्रोधिनी  भई  दुख भोग गर्ने  नियति  रहन्छ , डरलाग्दो  नरकमा  बास  गर्ने  थिति  आउँछ । त्यसैले यो पर्वमा  नारी  गर्व  र  सौभाग्य  लुकेको  हु‘दा  मातृशक्तिले  शक्ति  सञ्चय गर्न कै  लागि  उपवास  बस्नुपर्छ ।  चाँदी , सुन , तामा वा  माटाकै  भाँडामा अन्न , लत्ताकपडा ,  दक्षिणा राखेर  व्रत  पारायणका  लागि योग्य  ब्राह्मण  छानेर दान दिनु  व्रतालुहरुले ।  यसो  गर्दा त्यस्ता  नारीहरु हरेक  जन्म  पतिका साथ रमण गरिरहन्छे  र  अन्तमा  सायुज्य  मुक्ति – (परमात्मासित  लीन  हुने मुक्तिको एक अवस्था )  मिल्छ ।   यो  दिनको  व्रतोपवासले  हजारौं  अश्वमेध  यज्ञ र  सयौं  वाजपेय  यज्ञ  गरेको फल पाउन  सकिन्छ ।  यसरी  पार्वतीको  जिज्ञासालाई  शान्त  पारेर  पहिलो  जन्ममा  उनले  गरेको  व्रतको  प्रभावलाई  सदाशिव भगवान्ले  बताएर  नारी  स्वतन्त्रता  र  मर्यादाको  गूढ  रहस्य  खोतलिदिएको प्रसङ्ग  छ   तीजको  कथामा  ।

पर्वतराजकी  छोरीको  चाहना  यसरी  पूरा  भएकैले अविवाहित नारीले राम्रो  चरित्रको  पति  पाउन  र  विवाहितहरुले  पतिको  आरोग्य  र आफ्नो सौभाग्यको  स्थीरताको  लागि  तीज  पर्वलाई  आदरसाथ  मान्दछन् । तर बालिका , वृध्दा , बिरामीहरुलाई  भने  व्रतको  अनिवार्यता  छैन । व्रतले कमजोर होइन्छ  भनेरै  तीजको  अघिल्लो  दिन  सात्विक  भोजनका  गरिष्ठ  खानाहरु  खाने  चलन  छ । राति  १२ बजे  अझ  विशेष खानाको चाँजोपाँजो मिलाइएको हुन्छ  ।
अस्तु