धादिङ जिल्ला अस्पतालको एक्सरे १२ दिन पछि वन्यो

713 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading hospital xrayधादिङ –स्तरबृद्धिको प्रतिक्षामा रहेको जिल्लाकै एक मात्र सरकारी अस्पताल धादिङ जिल्ला अस्पतालको एक्सरे मेशिन विग्रिएको १२ दिन पछि मर्मत भई संचालनमा आएको छ । मेशिनमा अत्याधिक गतिमा बिद्युत्त प्रवाह  ( हाईभोल्टेज) भएपछि साउन २७ गते एक्सरे सेवा रोकिन पुगेको थियो ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बितरित बिद्युत्तलाईनमा देखिएको लापरवाहीका कारण अस्पतालको एक्सरे विग्रिन पुगेपछि मर्मतमा ढिलाई हुंदा विरामीहरु मर्कामा पर्दै आईरहेका थिए । विग्रिएको सामान मर्मतका लागि काठमाण्डौंवाट प्राविधिकहरु आउन ढिला हुंदा अस्पताल १२ दिन सम्म एक्सरे सेवा विहिन हुन पुगेको एक स्वास्थ्यकर्मीले बताए । अस्पतालको एक्सरे मेशिन संचालन नहुंदा जटिल प्रकारका समस्या लिएरआएका विरामी थप मारमा पर्दै आईरहेका थिए ।