ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् है !

2349 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

laptopनयाँ डिजाइन तथा सुलभ मूल्यका ल्यापटपका आकांक्षीहरुको संख्या बढेसँगै विश्व बजारमा पछिल्लो समयमा ल्यापटपको डिजाइन तथा प्रविधिमा छलाङ आइरहेको छ । फलतः आफ्नो आवश्यकता तथा क्रय क्षमता अनुसारको ल्यापटपको खोजी तथा खरीदको विषय चुनौतिपूर्ण काम हो । बजेट, काम तथा रुचीबीच सन्तुलन मिलाएर ल्यापटप खरीद गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ :

१. टच स्क्रिन :  यदि तपाइँ ग्याजेट प्रेमी हुनुहुन्छ भने तपाइँको रोजाइमा स्क्रिनटच ल्यापटप पर्नेछ । टचस्क्रिन ल्यापटपको खोजीमा हुनुहुन्छ भने तपाइँले विन्डोज ८ इन्टरफेस खरीद गर्नु उपयुक्त हुन्छ । टचस्क्रिन ल्यापटपका धेरै फाइदा छन् । वेब पेज, स्टार्ट एप्स, इमेज ब्राउजिङका लागि लामो डकुमेन्टहरु हेर्नका लागि टचस्क्रिनवाला ल्यापटप निकै उपयोगी हुन्छ । यो ल्यापटपलाई परम्परागत किबोर्ड मोडमा समेत प्रयोग गर्न सकिन्छ ।

२. तौल तथा डिजाइन :  यदि तपाइँलाई धेरै यात्रा गरिरहनु पर्छ भने तपाइँका लागि कम तौलको ल्यापटप उपयोगी हुन्छ । त्यसका लागि तपाइँले १२/१३ इन्चको ल्यापटप खरीद गर्नु उपयुक्त हुन्छ । यदि घर वा अफिसमा समेत प्रयोग गरिरहनु पर्ने भए १४ इन्च माथिको ल्यापटप ठिक्क हुन्छ जसलाई बेला बेलामा बाहिर  निस्किँदा पनि बोकेर हिँड्न सकियोस् । यदि तपाइँ गेमर वा फोटो तथा भिडियो इडिटरको काम गर्नुहुन्छ भने तपाइँलाई उच्च क्षमतायुक्त तथा ठूलो स्त्रिmनवाला ल्यापटप उपयुक्त हुन्छ । तपाइँले यदि सधै आफैसँग ल्यापटप लिई हिँडिरहनुपर्छ भने प्लास्टिकको बडी नभै मेटालिक बडीवाला ल्यापटप खरीद गर्नु राम्रो हुन्छ जो बढि खपाउ हुन्छ ।

३. स्टोरेज क्यापासिटी :  ल्यापटप खरीद गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यसको संचय क्षमता हो । आफ्नो प्रयोजन हेरि स्टोरेज क्षमताको ख्याल गर्दै सोही क्षमतायुक्त ल्यापट खरीद गर्नु पर्छ । आजकल फ्लास स्टोरेजयुक्त ल्यापटप समेत आएका छन् । जुन केही महंगो भएपनि डाटा नष्ट हुने खतरा कम हुने र फ्लास ड्राइभयुक्त ल्यापटप हलुका र उच्च गतियुक्त समेत हुन्छन् ।

४. अपरेटिङ सिस्टम :  ल्यापटप खरीद गर्दा ध्यान दिनुपर्ने अर्को विषय भनेको यसको अपरेटिङ सिस्टम हो । आफुलाई सजिलो हुने र ल्यापटपले सपोर्ट गर्ने अपरेटिङ सिस्टम इन्स्टल गर्नुहोस् । ल्यापटप किन्दा पि्रलोडेड अपरेटिङ सिस्टम लिनुपर्छ । अन्य सफ्टवेयरजस्तै आफै अपरेटिङ सिस्टम इन्स्टल गर्नेगरी ल्यापटप किन्नुभयो भने त्यो झण्झटिलो हुन्छ ।

५. आकार :  तपाइँको कामको प्रकृतिको आधारमा ल्यापटपको आकार तय गर्नुपर्छ । यदि घर वा अफिसको प्रयोजनका लागि हो भने ठूलो स्त्रिmनवाला ल्यापटप खरीद गर्नु राम्रो हुन्छ । कामकाजी ल्यापटप अलि ठूलो स्त्रिmनको भयो भने त्यसले काममा सहजता ल्याउनुका साथै आँखाको लागि पनि राम्रो हुन्छ । तर विभिन्न खाले शिक्षण तथा सम्मेलन लगायतमा प्रस्तुतीकरणका लागि चाहिएको हो  भने सानो स्त्रिmनको हलुका ल्यापटप भए पनि सहज हुन्छ ।

६. फिचर्स :  कुनैपनि उच्चस्तरीय ल्यापटपमा मल्टीकोर प्रोसेसर आवश्यक पर्छ । इन्टेल र एएमडीको प्रोसेसर उत्तम हुन्छ । मल्टीकोर प्रोसेसर भएको ल्यापटपको स्पीड राम्रो हुन्छ ।

७. सक्कलीमा ध्यान दिनुहोस् :  पुनः प्रमाणिकरण गरेका वा पुनः मर्मत गरेर चम्काइएका ल्यापटप नकिन्नुहोस् । ल्यापटप किन्दा खुद्रा पसलबाट होइन की आधिकारिक डिलरबाट ब्राण्डेड सामान किन्नुहोस् । यसरी किन्दा टिकाउ तथा सक्कली सामान पाउनुका साथै बिक्रि पछिको सेवा पनि सुनिश्चित हुन्छ ।

-एजेन्सीको सहयोगमा