कालो कोट र सेतो कोट

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

radhika shrestha राधिका श्रेष्ठ
हामीले अध्ययन गर्दै जाँदा प्रवेशिका परीक्षा दिएर बसेपछि सबै जनाले आफ्नो भविष्यको लागि कुन विषय  लिएर पढ्ने भन्ने कुरा सबैको  मानसिकतामा रहन्छ ।  सबैको पहिलो सोच राम्रै विषय पढ्ने चाहाना राख्र्दछन् । प्राविधिक शिक्षा लिएर दक्ष जनशतिm बढ्ने मानिसहरुको  चाहाना रहेको हुन्छन् । तर विभिन्न कारण बस  केही मानिसहरु मात्रै प्राविधिक शिक्षा हाँसिल गर्न  सफल हुन्छन्  । ती मध्ये कालो  कोट र सेतो कोट  पनि एक विशिष्ट मानिन्छन्  । यहाँ अचम्मको विषय बन्न सक्ला  कालो  कोट र सेतो कोट के हो भनेर ? तर हाम्रो देशमा कालो  र सेतो कोट राज्यको  ग्रामिण स्तर देखि केन्द्रिय स्तर सम्म सर्वब्यापक मानिन्छ । राज्यका महत्व पूर्ण  अङगका रुपमा रहेको  छ । यी विना राज्य  अपङ्घता सरह हुन्छ । राज्य  संचालनको  क्रममा महत्वपूर्ण कामहरुको  कालो कोट लगाउनेहरुबाट सुरुवात
रहन्छ ।  जुन हरेक जनताहरुसंग प्रत्यक्ष सम्बन्ध रहेको  हुन्छ । कालो कोट राज्यको ब्यबस्थापिका कार्यालयको प्रमुख प्रधान न्यायधिस  वकिल हुन्  भने  सेतो  कोट राज्यको  तेस्रो आँखा स्वास्थ्य क्षेत्रका आधिकारीक  ब्यतिm पर्दछन्  । यिनीहरुको फरक फरक किसिमका  काम कर्तब्य,निति र नियमहरुमा आबद्ध रहेर  काम गरिहेका हुन्छन् । बास्तवमा यिनीहरुको  सम्बन्ध ्रएक आपसमा अलग रहेता पनि जनताहरु प्रत्यक्ष रुपमा सेवा र  सुविधा लिरहेका हुन्छन् ।
कालो  काट  लगाउनेहरुले जनताहरुको  न्याय दिलाउने  काम गर्दछन्  । जनता माझ परेको  समस्या अन्याय ,अत्याचारको  विरुद्धमा आवाज उठाई  न्याय  प्रदान गर्ने काम गर्दछन् ।  यसले कुनै पनि जातिय भेदभाव ,बर्गीय,लैङ्घिगकको बारेमा सबैलाई समान ब्यबहार गर्ने काम गर्दछन् । यसरी ब्यतिm र समाजमा सबै राज्यको हरेक पक्षको  अन्यायमा यसले  आफ्नो हतियारलाई उठाउने गर्दछ । यसरी अन्याय र अत्याचार माथि कलम उठाउँदा उठाउँदै पनि कहिल्यै काँही कलमको मसी सक्किएर पीडितलाई  भन्दा पिडकलाई  न्याय दिन पनि सक्छ । यस अबस्थामा कालो कोटले आफ्नो विश्वासमा दाग लगाउने गर्दछ । राज्यको  यति धेरै महत्वपूर्ण अङ्घ हुदाँ पनि समयमा नै आफ्नो क्षमता अनुसार निर्णय दिने गर्दछन् । कुनै पनि काल्पनिक घटनामा आधारित मान्दा क भन्ने ब्यतिm अन्याय र अत्याचारको पीडित ब्यतिm  हो । ख भन्ने ब्यतिm अपराधि वा पिडक,शोषण हुन् । कुनै समयमा त्यो कालो कोटले यस्तो हिसाब र निसाफ गरिदिन्छ । हाल हाम्रो देशमा आएर केही समय यता देखि कालो कोटकोदुरुपयोग भएको पाइन्छ । देशको सामान्य देखि विशिष्ट स्तरका कोटहरुले अविश्वासको पात्र बनाइरहेको पाइन्छ । नातावाद,हैकमवाद,पुजीवादले यसलाई आफ्नो ठाउँबाट माथि उठ्न कालो कोटलाई सहयोग पुर्याएको छ । आज गरिब,अन्यायि सोझा साझा जनता मर्कामा परेका छन् । अर्का तिर कयौ घटनाहरु बषौं देखि बषौं सम्म  अलपत्रमा परिहेको अबस्था छ । त्यसै गरी  सेतो  कोट भने त झन् मानिसको  जीवन दानको रुपमा मानिन्छ । संसारका मानव जातिलाई  जीवन दिए जीउन सफल बनाएको छ । आज त्यहि सेतो कोटले हजारौं हजार मानिसहरुलाई महाकालबाट बचाई सुनौलो भविष्य दिइएको पाइन्छ । जीवन दानको कुरा गर्दा  कहिले  कसो यसले अपबादको रुपमा मृत्युदान दिन सम्म पछि पर्दैन । यसकारण कयौ मानिसले  यस प्रति पनि अविश्वासको पात्र बनाइरहन्छ ।  सेतो  कोट जीवनलाई काल बनेर आई सर्वस्व हरण सहित संसारबाट बिदाई हात  हल्लाई बिदा हुन्छ । यी कोटहरु जीवनको महत्वपुर्ण अङ्ग मानिदा मानिदै पनि जनताले विश्वास लिनबाट बन्चित गराईरहेको छ । ति कोटहरु आज आएर वगका आधारमा रहेर न्याय दिलाउन थालेको  छ । न्याय उपयुतm ढङगले दिलाउन नसक्नाले हजारौं  नागरिकहरुले न्यायबाट  बञ्चित रहेका छन्  ।