बालिका बलात्कार गर्नेलाई कैद र जरिवाना

451 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । भदौ ११ – दक्षिणी धादिङको नौबिसे गाविस–४ की दुई बालिकालाई बलात्कार गर्ने बालकलाई जिल्ला अदालतले ७ वर्ष ६ महिना कैद र जनही एक लाखका दरले क्षतिपूर्ति दिनका लागि विपक्षीका नाममा आदेश गरेको छ ।

जिल्ला न्यायधिस रमेशराज पोखरेलकाको इजलासले ०७१ भदौ ११ गते १४ वर्षीय ति बालकलाई कैद सहितको फैसला सुनाएका हुन् ।

स्थानीय ७ र ९ वर्षीया दुई बालिकालाई अर्को एक घरमा बोलाई लालाइ फकाइ ०७१ असार ३ गते बलात्कार गरेपछि स्थानीयको सहयोगमा पीडकलाई गिरफ्तार गरिएको थियो ।

७ वर्ष ६ महिना कैद गर्ने फैसला गरिएका बालकलाई बालसुधार गृहमा राख्ने र उमेर पुगेपछि कारागारमा राख्ने व्यवस्था अनुसार फैसला कार्यान्वयन हुने जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।