हत्या गर्नेलाई जन्म कैद

468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । भदौ ११ – गुम्दी गाविस –९ का तौवा तामाङलाई साथीहरु मिलेर अपहरण गरि हत्या गर्ने तीन जनालाई जिल्ला अदालतले ०७१ भदौ ११ गते जन्म कैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायधिस रमेशराज पोखेलको इजलासले आरोपीमध्ये एक जनालाई सफाइ दिउको छ भने तीन जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।

उत्तरी धादिङको मूलपानी गाविस –१ का २५ वर्षीय दलबहादुर गुरुङ, २१ वर्षीय दिपक गुरुङ र २१ वर्षीय पदमबहादुर घलेलाई जन्म कैदको फैसला गरिएको हो । उनिहरुसंगै हत्याको आरोप लागेका धनमायाँ गुरुङलाई अदालतको फैसलाले सफाइ दिएको छ ।

अभियुक्तहरुले ०७० मंसिर १० गते अपहरण गरि हत्या गरेको आरोपमा पीडित परिवारले ०७० पुस २१ गते जाहेरी दिएका थिए । जाहेरीका आधारमा छानविन गरि प्रहीले जिल्ला अदालतमा पेश गरेको कर्तव्य ज्यान मुद्धामा अदालतले मुद्धामा सो फैसला सुनाएको हो ।
मृतक तामाङको लास ठाडोखोला भुत्याहा छहरामा फेला गरेको थियो ।