कर्मचारी आवश्यकता सम्बन्धी सूचना

747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रथम पटक सूचना प्रकाशित मिति : २०७१। ५।१३

नेपाल सरकार तथा स्वीस सरकार वीचको दुई पक्षीय सम्झौताअनुरुप,श्रम तथा रोजगार मन्त्रालयतथाहेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालद्धारा संयुक्त रुपमा कार्यान्वयन गरिएका,: सुरक्षित आप्रवासन परियोजना(SaferMigration Project), , “सामी”को लक्ष्य कसैलाई पनि वैदेशिक रोजगारीकालागि उत्साहित वा हतोत्साहितगर्ने नभई, वैदेशिक रोजगारीमा जाने निर्णय गरेका ब्यक्तिहरुको प्रयासलाई सुरक्षित तथा उपलब्धिमूलक बनाउन सहयोग पुर्याउनु रहेकोछ । आ.ब. २०७१।७२ देखि यस धादिङ जिल्लामा सञ्चालन गरिएको सामी परियोजना अन्तर्गतको विभिन्न क्रियाकलापहरुको कार्यान्वयनतथा सञ्चालनको लागि, साझेदार संस्था आवाज अभियान नेपाल अन्र्तगत निम्नानुसारको जनशतिmको आवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदहरुकालागि दरखास्त आब्हान गरिएको छ ।
१. पद ः कार्यक्रम संयोजक (१ जना)
– आवश्यक योग्यतातथाअनुभव :
 मानवीकी तथा सामाजिक संकाय, अर्थशास्त्र, कानूनवा सो सरहको स्नातकतह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको,खास गरी नेतृत्वदायीतथा समन्वयात्मक कार्यानुभव भएको।
 सम्वन्धित सरोकारवालाहरुसंग राम्रो समन्वयगर्न सक्ने,आम सञ्चारका बारेमा अनुभव भएको,तालिममा सहजीकरण गर्ने शीप,, MS Word, Excel, Power point को दक्षताभएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने, स्थानीय भाषा बुझ्ने र बुझाउन सक्ने हुनुका साथै नेपालीतथाअंग्रेजी भाषामा प्रतिवेदन लेख्ने शीप भएको ।
२. पद ः तालिमतथा सञ्चार कार्यक्रमअधिकृत ( १ जना)
आवश्यक योग्यतातथाअनुभव ः
 पत्रकारिता, आमसञ्चार वामानविकीविषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा ३ वर्षको सम्बन्धित विषयमा अनुभव भएको ।
 तालिम सहजिकरण शीप, सूचना संकलनतथा संप्रेषण शीप, कम्प्यूटर सम्वन्धिःMS Word, Excel, Power point  साथै इमेल इन्टरनेट चलाउन सक्ने , स्थानीय भाषाबुझ्न र बुझाउन सक्ने तथाप्रतिवेदन लेखनमा राम्रो ज्ञान भएको हुुनु पर्ने ।
आवश्यक कागजातहरुःमाथिउल्लेखित योग्यतापुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको फोटोकपी, कम्तीमापनि २ जना सन्दर्भ व्यक्तिहरुको नाम र सम्पर्क फोन नम्वर सहितको ब्यक्तिगत विवरण तथा शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित, प्रष्ट रुपमा पद उल्लेख गरिएको निवेदन ।
नोटःप्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिकतथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिने छ ।साझेदार संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ । अवसरबाट बञ्चितिकरणमा परेका समुदायहरु खासगरी, महिला, दलित, जनजाती, मधेशी तथा अल्पसंख्यकवर्गका उम्मेदवारहरुको समावेशीकरणको लागि सकारात्मक विभेदको प्रक्रृया अवलम्बन गरिनेछ ।
दरखास्तदिने अन्तिममिति : यो सूचना प्रकासित भएको पन्ध्र दिन, (२०७१ भदौ २७गतेको बेलुका ५ः०० बजे ) भित्र ।
विस्तृत जानकारीको लागिसम्पर्क ठेगाना : आवाज अभियान नेपालका, पुच्छार बजार धादिङ,फोन नं ५२०९६६
ईमेल : [email protected]